सन्दिप यादव/
बारागाढी गाउँपालिकाको तेस्रो औं गाउँ सभा आईतवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष अशोक जैसवालको अध्यक्षतामा भएको बजेट उमेश साहले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । गाउँ सभाले आ.व २०८०/०८१ का लागि ३८ करोड ३८ लाख ८५ हजार २ सय रुपैयाको बजेट प्रस्तुत गरेको हो।
आर्थिक वर्षमा आयतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. १० करोड १३ लाख, सशर्त अनुदानमध्ये शिक्षा, कृषि, पशु र स्वास्थ्य तर्फ गरी जम्मा रु १३ करोड ९२ लाख, राजस्व वाडफाँड तर्फ रु ७ करोड ९३ लाख ३६ हजार ४ सय रहेको छ ।
त्यस्तै समपुरक अनुदान तर्फ ६० लाख र विषेश अनुदान तर्फ १ करोड १५ लाख प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये वित्तीय समानीकरणबाट ८१ लाख ७९ हजार, प्रदेश सशर्त अनुदानतर्फ रु ८० लाख प्रदेश विशेष अनुदान तर्फ ३० लाख र समपुरक अनुदान तर्फ २० लाख त्यसैगरी छुट्याईएको हो ।
आन्तरीक आम्दानी अनुमानित रु ३३ लाख ६९ हजार ८ सय तथा गत आ.व. को बैंक मौज्दात २ करोड गरी आ.व. २०८०/०८१ जम्मा कुल अनुमानीत बजेट रु ३८ करोड ३८ लाख ८५ हजार २ सय रुपैया रहेको छ ।
गाउपालिकाको आ. व. २०८०/०८१ मा हुने खर्च तर्फ चालू तथा प्रशासनिक खर्च तर्फ रु. ८ करोड ४७ लाख ६ हजार २ सय मात्र रहेको छ भने, पुजिगत तर्फ कार्यालय सञ्चालन तथा विकास निर्माण समेतको गरी जम्मा रु १२ करोड ९४ लाख ७९ हजार र संघिय सरकारबाट सशर्त अनुदानतर्फ रु. १३ करोड ९२ लाख समपुरक तथा विषेश अनुदान गरी १ करोड ७५ लाख साथै प्रदेशको समपुरक शर्शत र विशेष अनुदान गरी रु १ करोड ३० लाख गरी जम्मा खर्च समेत रु. ३८ करोड ३८ लाख ८५ हजार २ सय रहेको छ ।
नेपाल सरकारद्वारा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न विषयगत शाखा, कृषि, पशु, शिक्षा र स्वास्थ तर्फ माथिबाट नै कार्यक्रम तय भई आएमा शसर्त अनुदान रु १३ करोड ९२ लाख जस्ताको तस्तै सम्बन्धित क्षेत्रमै खर्च गर्नुपर्ने भएकाले सो तर्फ कुनै आयोजना ÷ कार्यक्रम बनाइरहनु परेन । साथै नेपाल सरकार तथा प्रदेश सरकार द्वारा प्राप्त भएको विशेष समपुरक र सशर्त अनुदानहरुमध्ये योजना छनौट भई आएमा सोही योजनामा मात्र खर्च गरिने साहले बताएका छन् ।
पुजिगत तर्फ (विकास आयोजना, कार्यक्रम) रु. ५ करोड ९४ लाख ७९ हजार गरी छुट्टयाइएको छ भने यसरी पुजिगततर्फ छुटयाइएको रकममध्ये विषयगत सिलङ र वडागत सिलिङको आधारमा छ वटा वडा कार्यालयबाट वस्तीस्तर टोलस्तर हुँदै सहभागितामुलक तवरले तपशीलको विषयगत क्षेत्रहरुमा योजना संकलन गरिएको छ ।
गाउपालिका का अध्यक्ष जैसवालको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउपालिका उपाध्यक्ष लक्ष्मी देवी राय ,प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्र ,लेखा अधिकृत अजय चौधरी ,सबै वडाका वडा अध्यक्षहरु, गाउँ सभा सदस्यहरु,सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्रले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन शिक्षा शाखाका प्रमुख जलमती चौधरीले गरेकी थिइन् ।