बिज्ञान बिषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

गढिमाइ खबर
68 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बारामा माध्यमिक शिक्षा परीक्षा(एसइई) अन्र्तगत मंगलबार चौथो दिनको विज्ञान विषयको परीक्षा शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न भएको छ।

परीक्षामा आठ हजार सात सय दुई जना परिक्षार्थी सहभागि भएको शिक्षा बिकास तथा समन्वय ईकाई बाराका सूचना अधिकारी सन्तोषकुमार शर्माले जानकारी दिएका छन्। जसमा छात्रा ४४२८ जना र छात्र ४२७४ रहेका छन।

विज्ञान विषयको परीक्षामा ९८४ जना परिक्षार्थी अनुपस्थित रहेको सूचना अधिकारी शर्माले बताए ।जसमा छात्रा ४०१ र छात्र ५८३ जना अनुपस्थित रहेको उनले बताए ।

यसैबीच गढीमाई महेन्द्र माध्यमिक विद्यालय बरियारपुरका दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको छ। परीक्षाको मर्यादा बिपरित कार्य गर्ने निरीक्षकद्वय प्रमोदकुमार यादव र बिष्णु आचार्यलाई जिम्मेवारीबाट हटाईएको शिक्षा विकास तथा समन्वय ईकाई बाराले जनाएको छ।

परीक्षालाई ब्यवस्थित,मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,निरीक्षक,अनुगमनकर्ता,सुरक्षाकर्मी,नागरिक समाज,पत्रकार लगायतका सम्पूर्ण सरोकारवालाहरुलाई परीक्षा समितिले धन्यबाद ज्ञापन गरेको छ।

साझा गर्नुहोस्