कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोक स्थित सडक खण्डमा शुक्रबार राति एक माल बाहक ट्रक बाट भन्सार छलीका लाखौको माल सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको ना ४ ख ५६७२ नम्बरको ट्रकबाट रु ५२ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छलीका माल समान बरामद गरेको हो ।
बरामद गरिएको माल सामानमा कपडा, साईकल पार्टस, केमिकल, बिभिन्न औषधी लगायत अन्य खुद्रा सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बरामद भएको माल सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।









