यौन शोषण गरेका भन्दै स्थानीयले मागे वडा अध्यक्षको राजीनामा

गढिमाइ खबर
312 पाठक संख्या

रौतहट : रौतहटमा यौन शोषण गरेको भन्दै स्थानीयहरुले एक वडाअध्यक्षको राजीनामा माग गर्दै प्रर्दशन गरेका छन ।

जिल्लाको मौलापुर नगरपालिकामा वडा अध्यक्षको राजिनामाको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन । मौलापुर–९ सोनरनियाका स्थानीयहरुले महिलालाई यौन शोषण गर्ने वडा अध्यक्षलाई कारवाहीको माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरेका छन ।

स्थानीयहरुले गाउँकै दलित समुदायकी एक महिलालाई विभिन्न प्रलोभन देखाई वडा अध्यक्ष श्यामकिशोर साहले पटक पटक यौन शोषण गरेको आरोप लगाएा छन ।

वडाअध्यक्ष साहको राजीनामाको माग गर्दै स्थानीयहरुले वडा कार्यलयको कार्यकक्षमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेका हुन्।

वडा अध्यक्ष साहको कार्यकक्षमा तालाबन्दी गर्नु अघि स्थानीयहरुले प्लेकार्ड सहित् सोनरनिया गाउँभरी परिक्रमा गरी साहको विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

सो क्रममा उनीहरुले महिलालाई यौन शोषण गर्ने वडा अध्यक्ष साह राजिनामा दे,चरित्रहीन गुण्डा वडा अध्यक्ष चाहिदैन,वडा अध्यक्ष साहलाई पक्राउ गर सरकार जस्ता नारा लगाएका थिए । केहि दिन अघि मात्र सोनरनिया गाउँकै दलित समुदायकी एक विवाहित महिलाले वडा अध्यक्ष साह माथी यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

आपूmलाइ विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको उनले जनाइन्। अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको भन्दै ती महिलाले न्यायको माग गरेकी थिइन्।

त्यसपछि मौलापुर नगरपालिकाले यस घटना बारे सत्य तथ्य बुझी दोषीलाई कार्यवाही गर्न भन्दै यहि भदौ ७ गते उपमेयरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

नगरपालिकाले विज्ञप्ति नै जारी गरि भदौ ७ गतेदेखी १५ दिन भित्रमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो। नगरपालिकाले प्रतिवेदन सार्वजनिक गर्न दिएको १५ दिनको समय समाप्त भएको छ। नगरपालिकाले अझै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रको टिकटबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका साँसदका प्रत्याशी धिरज पटेलले मौलापुर नगर प्रमुख रिना देवि साहले प्रतिवेदन सार्वजनिक नगरी दोषी वडा अध्यक्ष साहलाई कारवाही गर्नुको सट्टा जोगाउन खोजेको आरोप लगाएका छन ।

पालिकाले अझै प्रतिवेदन सार्वजनिक नगर्नुले नगर प्रमुख साहले वडा अध्यक्ष साहलाई कारवाही गर्ने पक्षमा नरहेको कुरा आफ्नो बुझाइ रहेको नेता पटेलले बताए ।

गरिव दलित समुदायकी विवाहित महिलालाई प्रेमको नाटक गरि पटक पटक यौन शोषण गर्ने वडा अध्यक्षलाई कार्यवाही गर्ने कि नगर्ने उनले प्रश्न गरे । जनताको काम गर्नुको सट्टा अनैतिक काम गरि समाजमा खलल पु-याउने वडा अध्यक्षलाई कार्यवाारीगर्ने कि जोगाउने,प्रतिवेदन सार्वजनिक गर्ने कि नगर्ने भनी पटेलको प्रश्न रहेको छ।

उनले क्षेत्र नम्बर ३ का साँसद एवं आम जनता पार्टिका अध्यक्ष प्रभु साह र उनकै श्रीमती मौलापुर नगर प्रमुख रिना साहसंग पटेलले प्रश्न गरेका हुन् ।

नगर प्रमुख साहले सत्ताको दुरुपयोग गरी पीडित महिलालाई न्याय दिलाउनुको साटो वडा अध्यक्ष साहलाई जोगाउन खोजेको उनको आरोप छ । नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरी दोषी वडा अध्यक्ष साहलाई कार्यवाही नगरेसम्म आफुले साहको कार्यकक्षमा लगाएको ताला नखोल्ने र यो भन्दा पनि कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीयहरुले चेतावनी दिएका छन्।

साझा गर्नुहोस्