बारा, बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार चन्दनकुमार सिंह विजयी हुनुभएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ५९० मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित जीत हासिल गर्नुभएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का रामकिशोर प्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भैया राम प्रसाद यादवले ११ हजार ८३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार बलवीरप्रसाद चौधरीले ७ हजार २१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।









