सन्दिप यादव , कलैया । कलैया सिटी जेसीजको १४ औं पदस्थापना तथा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार कलैया स्थित करण राज पार्टी प्यालेसमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।कलैया सिटी जेसीजका अध्यक्ष सन्दिप बरैको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख साह ले कलैया जेसीजले कलैयामा मात्र नभई अरु अरु ठाउँमा पनि राम्रो गर्दै आएको र अहिलेको परिवेशमा परिवर्तन खाँचो रहेको बताएका छन् । कलैया जेसीज बर्ष २०२३ को अध्यक्षमा जेसी सुबाष जैसवाल निर्वाचित भएपछि अब कलैया जेसीज ले अझ फड्को मार्ने साहले बताए । पदहस्तान्तरण कार्यक्रममा शुभकामना दिदै विवेकशील साझा पार्टीको बारा जिल्लाका अध्यक्ष डा. सुशील साहले जेसीज अनुशासित युवाहरुको संस्था भएकाले कुलत र दुब्र्यसनीमा फसेका युवाहरुको जीवनशैलीलाई सुधार्न भूमिका निर्वाह गर्नुपर्नेमा महत्वपूर्ण भुमिका खेल्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा कलैया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप बरैले आफ्नो कार्यकालमा बनाइएका योजना थुप्रै रहे पनि धेरै कार्यक्रम जस्तै अनाथ आश्रम तथा प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण , कलैया जेसिज कप , चुलो बाल्ने अभियान लगायत कार्यक्रम सम्पन्न गरेको बताउदै धेरै काम गर्ने मोका पाए प्रती खुशी रहेका बताए । बरैले अब आउने अध्यक्ष लाई समेत आफुले हरदम सल्लाह सुझाव दिने र संस्थाको बिकासका लागि सदैव लागि रहने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिहरु २०१८ का कलैया सिटी जेसीज का अध्यक्ष धनिलाल सराफ, २०१९ का राजेश कुशवाहा , २०२० का अध्यक्ष बिपिन चौधरी ,२०२१ का शम्भु गुप्ता , २०२२ का अध्यक्ष सन्दिप बरै , नेपाल जेसीजका उपाध्यक्ष सोनि श्रेष्ठ , २०२२ का सिमरा जेसीज पुरुषाेतम अधिकारी , चन्द्रनिगाहपुर जेसीज वर्ष २०२२ का अध्यक्ष उज्याल रिजाल , १९९८ बिरगंज जेसीज का अध्यक्ष जेसि गोपाल केडिया , कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह , रामबाबु कुशवाहा , लगायतका रहनु भएको थियो । साथै अतिथिको रूपमा कलैया उपमहानगरपालिका वार्ड न. १ का वार्ड अध्यक्ष मोहन क्षेत्री ,वार्ड न.२ का वार्ड अध्यक्ष रजेश महतो ,जेसि पवन कुशवाहा कम्प्युटर एशोसिएशन बाराका अध्यक्ष सन्जय केशरी , विवेकशील साझा पार्टीको बारा जिल्लाका अध्यक्ष डा. सुशील साह , लगायत रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सन्दिप साहले गरेका थिए ।