रौतहटको गुजरामा हुलाक कार्यालय सञ्चालन

गढिमाइ खबर
247 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

ओम प्रकाश यादव/

रौतहटको गुजरा नगरपालिकामा जिल्ला हुलाक कार्यालयको शाखा कार्यालय सञ्चालनमा आएको छ ।

आम नागरिकलाइ स्थानीय तहबाट नै कुनै प्रकारको चिठ्ठीपत्रहरु दर्ता गर्ने देखि लिएर वितरण गर्ने तथा हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यल उक्त कार्यलयको स्थापना गरिएको हो ।

गुजरा नगर कार्यपालिकाको कार्यालय सिम्रा भवानीपुरमा सोमवारदेखी हुलाक कार्यालय स्थापनासंगै सञ्चालनमा आएको हो । गुजराका नगर प्रमुख सन्तलाल चौधरीले सोमवार एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरेका छन् ।

सोवारदेखी नै उक्त कार्यालय सञ्चालनमा आई सेवा प्रदान गर्न शुरु गरेको जिल्ला हुलाक कार्यालय गौर रौतहटका प्रमुख एवं हुलाक अधिकृत देवनाथ यादवले जानकारी दिए ।

एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने उद्देश्य अन्तर्गत अहिलेसम्म हुलाक कार्यालय नरहेको गुजरामा हुलाक कार्यालय स्थापना गरिएको प्रमुख यादवले बताए ।

प्रमुख यादवको अनुसार जिल्लामा २ गाउँपालिका र १६ वटा नगरपालिका गरी कुल १८ वटा स्थानीय तह रहेकोमा अहिलेसम्म गुजरा सहित १२ वटा स्थानीय तहमा हुलाक कार्यालयको शाखा कार्यालय स्थापना भइसकेको छ भने अब ६ वटा स्थानीय तहमा मात्र हुलाक कार्यालय स्थापना हुन बाँकी रहेको बताए ।

साझा गर्नुहोस्