गण्डक नहरको पुल भासियो,आवत जावत बन्द

गढिमाइ खबर
256 पाठक संख्या

वीरगञ्ज : गण्डक नहरको पुल मध्ये एउटा पुल भाँसिएको छ। पर्सा,बारा तथा रौतहटमा रहेको गण्डक नहरको पुलहरु मध्ये एउटा पुलको पिल्लर भाँसिएर क्षतिग्रस्त अवस्थामा पुगको छ ।

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको बीचमा रहेको पुलको पिल्लर भाँसिएको हो। गण्डक नहरको उक्त पुलमा रहेको पिल्लरहरु मध्ये एउटा पिल्लर भासिएर दुई चिरा भएको छ ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको नहरको उक्त पुलको सोही पिल्लर दुई महिना अघि मात्रै केही मात्रामा मात्रै चिरा परेको थियो। उक्त पिल्लर दुई चिरामा शनिबार बिभाजन भई पुल नै भाँसिएको छ।

पिल्लरमा परेको चिराका कारण पुल भासिएर अहिले पुलबाट हुने सबै प्रकारको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ। पुल भाँसिएपछि आवतजावत बन्द भएपछि अहिले पुलको तलबाट मानिसहरु आवत जावत तथा साईकल मोटरसाईकलहरु लिएर ओहोर दोहोर गर्न बाध्य भएका छन्।

दुई दिनदेखि परेको पानीका कारण पुल रहेको तिलावे नदीमा केही मात्रै बाढी आएको भएपनि पहिले देखि नै क्षतिग्रस्त रहेको पुलको पिल्लर झनै क्षतिग्रस्त हुदै भाँसिएको हो ।

पुल भासिएपछि पर्साको ठोरी गाउँपालिका,सखुवा प्रसौनी,जगरनाथपुर गाउँपलिका बहुदरमाई नगरपालिकाका स्थानीयहरुलाई सदरमुकाम वीरगञ्जसम्म आउन जानमा समस्या भएको छ ।

उनीहरुलाई लामो बाटो प्रयोग गरेर आवत जावत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बिस २०३० सालमै निर्माण भएको गण्डक नहरको बाटोलाई गत वर्ष सडक विभागले पर्सादेखि रौतहटसम्म नै कालोपत्रे गरिदिएको थियो ।तर पुल भने जस्ताको तेस्तै छाडिएको थियो।

गण्डक नहरमा रहेको यस्ता दर्जनौ पुलहरु अहिले कुनैपनि बेला भत्किन सक्ने अवस्थामा रहेका छन ।पुल भएर नै दैनिक रुपमा हजारौ यात्रुबाहक सवारी साधनहरु ओहोरदोहोर गर्ने गरेकाले कुनै पनि बेला ठुलो दुर्घटनाको जोखिम समेत बढदै गएको छ।

गण्डक नहरको पुल भाँसिएपछि नहरको ब्यवस्थापना नारायणी सिँचाई ब्यवस्थापन कार्यालय,पर्साका प्रदेश साँसद श्याम पटेल लगायतको टोलीले पुलको स्थलगत निरीक्षण गरेको छ।

ट्यागहरू :
साझा गर्नुहोस्