आज रातिदेखि बाराका सम्पूर्ण सिमानाका बन्द हुने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 669
पढ्न लाग्ने समय : 1 मि.

कलैया । आज रातिदेखि बाराका सम्पूर्ण सिमानाका बन्द हुने भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सम्पूर्ण सिमानाका चार दिनसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

सिमानाकाहरु मङ्सिर १ गते बिहिबार राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।