रञ्जन यादब/
बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा म्याक्स टाईगर इनर्जि ड्रिक्सको खरिदमा एक महिलालाई रु १० हजार नगदको पुरस्कार परेको छ ।जितपुर स्थित शम्भु साहको कोल्ड ड्रिक्स पसलबाट उपमहानगरपालिका वडा नं.६ निवासी लक्ष्मी राईले उक्त इनर्जि ड्रिक्स खरिद गर्नुभएको थियो ।
रु१० हजारको चेक राईलाई टाईगर इनर्जि ड्रिक्सका बजार प्रतिनिधि दिपेस न्यौपानेले हस्तान्तरण गर्नुभएको थियो ।एग्रो फुड्स प्रा.लिको उत्पादन रहेका म्याक्स टाईगर इनर्जिको बिर्कोमा पुरस्कारहरु पर्ने गरेको जनाईएको छ ।
रु १ सय २० मा पाईने म्याक्स टाईगर इनर्जि ड्रिक्सको बिर्कोमा टि.भि. ,नगद ,मोटरसाईकल लगायतको समानहरु पुरस्कार स्वरुप पर्ने गरेको म्याक्स टाईगर इनर्जि ड्रिक्सका बजार प्रतिनिधि न्यौपानेले जानकारी दिनुभयो ।