चोरीको भैसी सहित दुई जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 167
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव/
चोरीको भैँसीसहित बारामा प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ ।

आईतबार जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ४ पशुरामपुर टोल स्थित गोठबाट चोरी भई हराएको भैँसी प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ स्थित सिदरीया टोलबाट बरामद गरेको छ ।

खलिल साईम फकिरको दुध दिने माहु भैसी ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले खोज्ने क्रममा भैसी सहित दुुई जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुुँवरले जानकारी दिएका छन ।

पक्राउ पर्नेमा जिल्ला रौतहट ईसनाथ नगरपालिका वडा नम्बर २ घर भई हाल जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने राकेश माझी र भारत बिहार मोतिहारी जिल्ला लखौरा घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने सहिल खान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।