श्यामबाबु यादव
बारा, १ चैत्र/
सर्वोच्च अदालत ले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज साहले माग गरेको अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गर्दै आयोगको निर्णय यथावत रहने आदेश दिएको हो।
साहले आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय गैरकानुनी रहेको दाबी गर्दै उक्त निर्णय बदर गरी उम्मेदवारी कायम गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। तर अदालतले प्रारम्भिक सुनुवाइका क्रममा अन्तरिम आदेश दिन आवश्यक आधार नदेखिएको भन्दै निवेदन अस्वीकार गरेको हो।
अदालतको यस आदेशसँगै हालका लागि उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर भएको छ भने मुद्दाको अन्तिम टुंगो भने आगामी सुनुवाइबाट लाग्ने बताइएको छ।









