पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

गढिमाइ खबर
59 पाठक संख्या

कलैया १४ चैत/

नवनियुक्त सरकारले जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

प्रहरीले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट ‘जरुरी पक्राउ पुर्जी’ का आधारमा नियन्त्रणमा लिएको जनाएको छ। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

त्यसैगरी, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार बिहान ५:४० बजे भक्तपुरकै कटुन्जेबाट पक्राउ गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो।

दुवै नेतालाई फौजदारी मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो पक्राउ नवनियुक्त मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको पहिलो बैठकको निर्णयसँग जोडिएको छ। सरकारले भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा राज्य पक्षबाट भएको दमनबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कर्तव्य पालनामा लापरवाही गरेको तथा मानव अधिकार उल्लंघनमा जिम्मेवार ठहर गर्दै फौजदारी अनुसन्धानको सिफारिस गरेको उल्लेख छ।

साझा गर्नुहोस्