सिकेन्द्र पासवान/
कार्य सम्पादनको हिसावमा मधेस प्रदेशमा जिल्ला प्रशासन कार्यालय बारा पहिलो भएको छ ।
बारामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल आएको झन्डै १ बर्ष नपुगदै उनले गरेका रचानात्मक कामको उच्च मुल्याकङन गरि सरकारले मधेस प्रदेशभरीमा नै उतकृष्ट काम गरेको जिल्ला प्रशासन कार्यालय बारालाई छनौट गरेको छ ।
९० देखि माथि र ९५ देखि तल काम गरेको मुल्याङ्कनका अधारमा बारा जिल्ला प्रशासनले प्रथम अंक प्राप्त गर्न सफल भएको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने प्रयोजनार्थ गठित समितिले मूल्याङ्कन प्रतिवेदन गृह सचिवसमक्ष पेश गरेको थियो ।
समितिका संयोजक तथा मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भूसाल र प्रशासन महाशाखाका प्रमुख टेक बहादुर केसीले उक्त मूल्याङ्कन प्रतिवेदन पेश गरेका हुन ।
जिल्ला प्रशासन कार्यालयहरूले मन्त्रालयले विकास गरेको सिआइएमएस प्रणालीमार्फत गरेको प्रतिवेदनलाई मुद्दाहरूको फर्छ्यौट, अघिल्लो आ.व.बाट जिम्मेवारी सरेका मुद्दाको फर्छ्यौट, नागरिकता सम्बन्धी उजुरी फर्छ्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्राप्त उजुरी, राष्ट्रिय सतर्कता केन्द्रमार्फत प्राप्त उजुरी र मन्त्रालयमार्फत पठाइएका उजुरीहरूको फर्छ्यौट, उपभोक्ता हित विपरीतका कार्यहरू सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट गरेको छ ।
सरकारी वा सार्वजनिक जग्गामा भएको अतिक्रमण सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट, विपद् सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अङ्कमा बेरूजूको अवस्था शुन्य हुने, बक्यौता बेरूजू फर्छ्यौट लगायत सूचकमा आर्थिक प्रशासन शाखा, मलेप प्रतिवेदन, नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको अभिलेख, गुनासो व्यवस्थापन शाखाको अभिलेख आदि विवरण सँग तुलना गरी यथार्थ तथ्यका आधारमा अङ्क प्रदान गर्ने प्रकृयालाई वस्तुनिष्ठ बनाइएको थियो ।
यस्तै ईबुलेटिन, सूचना अधिकारीको विवरण, स्वतस्फूर्त सार्वजनिकीकरण, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाजस्ता वेबसाइट मार्फत प्रकाशन गरिने दस्तावेजहरू जिल्लागत वेबसाइट मार्फत निरीक्षण गरिएकोमा बारा जिल्ला मधेस प्रदेशमा नै उत्कृष्ट जिल्लाको रुपमा मुल्याङ्कनमा परेको हो ।
यस्तै कार्य सम्पादनमा शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागु औषध नियन्त्रण,बिपत जोखिम, न्यूनिकरण तथा व्यवस्थापन, मुआब्जा बितरण एवम बिकास निर्माणमा समन्वय र आर्थिक प्रशासन चुस्तदुरुस्त बनाउनमा पनि बारा जिल्ला प्रशासन सफल रहेको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख जिल्ला अधिकारी कटुवालले शान्तिपुर्ण, मर्यादित रुपमा सम्पन्न गराउनका लागि बिभिन्न राजनीतिक दलहरुको सहकार्य सम्बन्ध सुमधुर बनाई सबैको मान सम्मान हुने गरि अगाडी बढनु भएको थियो प्रमुख जिल्ला अधिकारी कटुवाल ।
त्यति मात्र नभई जिल्ला प्रशासन कार्यालयमा हुने गरेको ढिल्ला सुस्तीलाई कडाई गरि जनताको कामकाज छिटो भन्दा छिटो सेवा प्रभाव गर्नका लागि टोकल प्रणर्ली देखि लिएर सेवाग्राहीहरुलाई बस्न सम्मको व्यवस्थापन गरि कामकाज अगाडी बढाएका थिए ।
प्रमुख जिल्ला अधिकारी कटुवालले लामो समयदेखि रौतहट र बारा जिल्लाको सिमनामा रहेको मेवा रुपौलिया र टेढाकर्टिको बिचमा पर्ने अरुवा खोलामा रहेको विवाद रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजनीतिक दलहरुको समन्वयमा समस्या समाधान गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।
त्यसैगरि छठघाटको बिषयमा लिएर हिन्दु मुस्लिमवीच ईनर्वा पहिचानपुरमा भएको ठुलो विवाद समाधान गर्ने जस्ता रचानात्मक कामहरु गरेकाले पनि प्रजिअ कटुवाल सम्मानित भएका हुन ।