कलैया । प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन निवासी ५० वर्षीय नन्दुराउत कुर्मीलाई कुटपिट गरी हत्या गरेको आरोपमा थप तीन जनलाई बुधबार पक्राउ गरेको छ।
एक जनालाई पहिला नै पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा सोही टोल वस्ने उमेश जयसवालको ३८ वर्षीया श्रीमती रन्जु जयसवाल, उनको २० वर्षीय छोरा सुमित जयसवाल,१८ वर्षीय छोरा सुजितकुमार जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटिृएकोे विशेष प्रहरी टोलीले रन्जुलाई कलैया उप–महानगरपालिका वडा नम्बर ५ स्थित सागर लामिछानेको घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा र पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १ शान्ति टोल स्थितमा सोही ठाउँ वस्ने बसिर मियाँको घरमा छुकिछिपि बस्दै गरेको अववस्थामा सुमित र सुजितलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु माथि बारा जिल्ला अदालतबाट सोही मुद्दा शिर्षकमा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भईरहेको प्रहरीले जनाएको छ।
गत जेठ २९ गते बेलुका अं.१८ः१५ बजेको समयमा कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँ बस्ने ४० वर्षीय उमेश जैसवाल समेत गरी ६ जना व्यक्तिहरूले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो।
घटनास्थलमा प्रहरी पुगी प्रारम्भिक अनुसन्धान पश्चात घट्नामा संलग्न रहेको स्थानीय २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो। उनी माथि ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट सात दिन म्याद थप गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।