सरकारी शिक्षालाई गुणस्तरीय शिक्षाको रुपमा अगाडी बढाउने-मेयर साहको उदघोष

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले सरकारी शिक्षालाई गुणस्तरीय शिक्षाको रुपमा अगाडी बढाउनका लागि कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गरेका छन ।

कलैया उपमहानगरपालिकाको ९ औ नगरसभालाई उदघाटन गर्दै मेयर साहले शिक्षामा देखिएको बिकृति अन्त्य गर्नका लागि र शिक्षकहरुलाई राजनीतिकबाट अछुतो राख्नका लागि पनि कडाई गर्ने बताएका छन । उनले बिद्यार्थीको भविश्य उज्जल बनाउने जिम्मा शिक्षक , शिक्षिकाहरुको काँधमा जिम्मेवारी भएको हुदा दतचितभई पठनपाठन गराउन निर्देशन दिएका थिए ।

शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ सम्मुनत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार भन्ने नारालाई अगाडी बढाउदै यस नगरपालिकालाई समृद्ध नगरपालिकाको रुपमा बिकास गर्नका लागि आफु पछि नपर्ने मेयर साहले बताए । फरक प्रसंगमा मेयर साहले दुई बर्ष भित्रकलैया १४ बघवनमा रहेको १४ बिघा छेत्रफलको एैलानी जग्गामा क्रिकेटका लागि राष्ट्रिय स्तरको स्टेडियम बनाउने उदघोष गर्दै सबैको साथ र सर्मथनको अपेक्षा समेत गरेका थिए ।

अमेरीकामा बस्दै आएका सुशील चौगाईले कलैयाको खेलकुद बिकासका साथ साथै खेलाडीहरुको दक्षता एवम क्षमता वृद्धिका लागि पनि रु १ करोड सहयोग गर्ने घोषणा गरेसंगै आफुलाई पनि स्टेडियम बनाउने हौसला बढेर आएको मेयर साहले बताए । त्यतिमात्र नभई कृषि, पर्यटन, सिचाई, गुणस्तरिय स्वास्थ्य,छात्राहरुको लागिनिशुल्क सेनेटरी प्याड बितरण, वाटोघाटो निर्माण, पुलपुलेसा निर्माण, भौतिकनिर्माणका अन्यकामहरु, मठमन्दिर, मस्जिदनिर्माण लगायतका लागि बजेट निती तथा कार्यक्रममा समेटिएको मेयर साहले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाको उपमेयर रौशन प्रविण, वतावरण शाखा प्रमुख रामजी मण्डल, वडाअध्यक्षहरु लगायतले आफनो बिचार ब्यतm गरेका थिए । सो अवसरमा बिभिन्न बिधाका ब्यतिmहरुलाई सम्मान गरेको थियो । नगरसभामा प्रमुख प्रशाासकिय अधिकृत नाथु साहले १ अर्व ४९ करोड ३१ लाख ८८ हजारको बजेट प्रस्तुत गरेकाथिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *