प्रथम खुल्ला नक आउट बुद्धिचाल प्रतियोगिता कोल्हवीमा हुने

गढिमाइ खबर
107 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बाराको कोल्हवी नगरपालिका वडा न.९ मा रहेको शान्ति बृद्धा फाउन्डेसनले प्रथम खुल्ला नक आउट बुद्धिचाल प्रतियोगिता गर्ने जनाएको छ ।

उसले आफ्नो तेस्रो बार्षिक साधारण सभाको अवसरमा पुस ५ गते देखि संस्थाको कोल्हवी कार्यालयको प्राङ्गणमा सो प्रतियोगिता गर्ने भएको हो ।

संस्थाका अध्यक्ष प्रेम नारायण चौधरीका अनुसार उक्त बुद्धिचाल प्रतियोगितामा देश भरका खेलाडी सहभागी हुन पाउने छन् । प्रतियोगितमा भाग लिनेले पुष ४ गते सम्ममा आफनो नाम दर्ता गराउँनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र,दोस्रो हुनेले रु.१० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र र तेस्रो हुनेले रु.पाँच हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगितामा खेल्नकोलागि प्रबेश शुल्क रु ५ सय ५५ लाग्ने चौधरीले जानकारी दिए ।

साझा गर्नुहोस्