प्रथम खुल्ला नक आउट बुद्धिचाल प्रतियोगिता कोल्हवीमा हुने

गढिमाइ खबर
317 पाठक संख्या

बाराको कोल्हवी नगरपालिका वडा न.९ मा रहेको शान्ति बृद्धा फाउन्डेसनले प्रथम खुल्ला नक आउट बुद्धिचाल प्रतियोगिता गर्ने जनाएको छ ।

उसले आफ्नो तेस्रो बार्षिक साधारण सभाको अवसरमा पुस ५ गते देखि संस्थाको कोल्हवी कार्यालयको प्राङ्गणमा सो प्रतियोगिता गर्ने भएको हो ।

संस्थाका अध्यक्ष प्रेम नारायण चौधरीका अनुसार उक्त बुद्धिचाल प्रतियोगितामा देश भरका खेलाडी सहभागी हुन पाउने छन् । प्रतियोगितमा भाग लिनेले पुष ४ गते सम्ममा आफनो नाम दर्ता गराउँनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र,दोस्रो हुनेले रु.१० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र र तेस्रो हुनेले रु.पाँच हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगितामा खेल्नकोलागि प्रबेश शुल्क रु ५ सय ५५ लाग्ने चौधरीले जानकारी दिए ।

साझा गर्नुहोस्