सिंहको हत्या योजनाकार पत्नी सोनम पक्राउ 

गढिमाइ खबर
98 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

संदिप प्रसाद यादव /

बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा असोज ९ गते साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर  पोखरीको डिल नीर २२ वर्षीय अजित कुमारको गोली प्रहारबाट हत्या भएको थियो ।

हत्याको मुख्य योजनाकारको आरोपमा प्रहरीले अजितकी पत्नी २३ वर्षीय सोनम सहनी सिंहलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

भारतको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने २३ वर्षीयको सोनम सहनी सिंह मृतकको पत्नी रहेकि छिन् ।

बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सुजित कुमार सिंहको समूहले सोनम सिंहसँग मिलेर अजित कुमार सिंहको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

हत्या अरोपित सुजितकुमार सिंह र सोनम सहनी विवाहेत्तर सम्बन्धमा थिए ।  विवाहेत्तर सम्बन्धका कारण सुजितले सोनमसंग मिलेर हत्या गर्ने योजना बनाएको प्रहरी उपरीक्षक  काफ्लेले जानकारी दिएका छन् ।

मृतक पत्नी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् । उक्त घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजितकुमार सिंह पछाडि बसेर आएका थिए ।

अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थलको रेकी गरेका थिए भने लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजित कुमारले अजितलाई गोली प्रहार गरेका थिए ।

करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट पुष्टि भएको छ ।

बाराका एसपी काफ्लेका अनुसार सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए ।

उक्त हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका थिए । हत्यामा संलग्न सुटर सुजितकुमार सिंहसहित ४ जना फरार रहेका छन् । भारतको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह ,वर्ष २४ को चन्चल पाण्डे,वर्ष २२ को मनिष कुमार सहनी,वर्ष २० को कामेश्वर सहनी र वर्ष २० को रञ्जीत मुखिया फरार रहेका छन् ।

पक्राउ परेकी सोनम सहनी सिंहलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्ले ले बताएका छन् ।

समुहको नायिके बन्न नयाँ सदस्य थप्ने र पुराना सिध्याउने पोलिसी रहेको थियोे ।

सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

२०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

साझा गर्नुहोस्