सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालयले कृषकहरुका लागि विभिन्न कृषि यन्त्र सामाग्रीहरु विहीबार र शुक्रवार वितरण गरेको छ ।
वडा कार्यालयले कृषि मोटर,स्पे्र ईलोक्ट्रोनिकस टंकी,पम्पिसेट लगायतका सामाग्रीहरु वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले समुहमा ३० वटा कृषि मोटर र व्यक्तिगत रुपमा ३८ वटा कृषि मोटर वितरण गरिएको वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतान लामाले बताएका छन ।
यसैगरी मथियाहीमा दुई थान कृषि पम्पिसेट र १७५ थान ईलोक्ट्रोनिक स्प्रे टंकी वितरण गरिएको वडा अध्यक्ष लामाले बताए । वडा कायालयले हरेक बर्ष यसरी ५०% अनुदानमा कृषि यन्त्रहरु वितरण गर्दै आईरहेको वडा अध्यक्ष लामाले बताए ।
वडा कार्यालयले किसानहरुलाई सिचाई सुविधाको लागि आ ब ०८१/८२ को वडा स्तरिय योजनाको ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकिकरण कार्यक्रम अन्तरगत उक्त सामाग्रीहरु वितरण गरिएको हो ।
कृषि मोटरका लागि धेरै किसानहरुको आवेदन आएकाले गोलाप्रथाबाट किसानहरु छनौट गरि कृषि मोटर वितरण गरिएको वडा नम्बर १७ की वडा सचिव निरु कार्कीले बताईन । वडाअध्यक्ष लामाको अध्यक्षतामा भएको उक्त सामाग्री वितरण कार्यक्रमको संचालन वडा कार्यालयका कम्प्युटर अपरेटर राजेश चौधरीले गरेका हुन ।









