धारिलो हतियार प्रहारबाट रौतहटमा एकजना गम्भीर

गढिमाइ खबर
221 पाठक संख्या
xr:d:DAF8qaDTp0U:32,j:7720715022073356333,t:24022108

रौतहट : धारिलो हतियार प्रहारबाट रौतहटमा एक जना गम्भीर घाइते भएका छन्।

धारिलो हतियार प्रहारबाट गढिमाई नगरपालिका–१ समनपुरका ३५ वर्षीय चन्दन साह गम्भीर घाइते भएका छन् । राति साढे ८ बजेको समयमा गरुडा नगरपालिका–९ नरकटिया गाउँदेखी एक किलोमिटर दक्षिण बाटोमा अपरिचित व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गर्दा साह सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साहले प्रतिकार गर्दै चिच्याउन थालेपछि खुकुरी प्रहार गर्ने व्यक्ति भागेका थिए।

ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा चढी गरुडाबाट आफना घर समनपुरतर्फ जादै गरेको अवस्थामा नाम,थर,वतन नखुलेको अज्ञात मानिसले साहलाई घेरा हाली धारिलो हतियार प्रहार गरेका थिए। उनको टाउको,टाउको पछाडी र बायाँ हातमा खुकुरी प्रहार गर्दा उनी घाइते भएका हुन्।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका साहको सरस्वती हस्पिटल गरुडामा उपचार भइरहेको छ।

उनलाई कसले खुकुरी प्रहार गरेको भन्ने खुलि नसकेको तथा आक्रमणमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपककुमार रायले साझेदारी दैनिकलाई जानकारी दिएकाछन्।

साह हाल बोल्ने अवस्थामा छैनन्। उनको अवस्था चिन्ताजनक रहेको परिवार श्रोतले जनाएको छ।

साझा गर्नुहोस्