बारा प्रहरीले प्रतिबन्धित लागु औषध टयाबलेट सहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले सोमबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
ईलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले शंकास्पद मानिसहरु देखिएको हुदा निजहरूलाई जाँच गर्दा नेपाल सरकार द्वारा प्रतिबन्धित लागु औषध ट्याबलेट सहित नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय सिमरा, बाराले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.३ बजनीमा प्र.२–०३–०१६ प ०८८८ नं.को मो.सा.मा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागु औषध ट्यावलेट सहित मानिसहरु पक्राउ परेका हुन् ।
प्रहरीले फेनरागन– २९६ पिस,डाईजेपाम– ३०३ पिस बुप्रो नोर्फिन– ३०० पिस सहित मो.सा.चालक जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१ बस्ने वर्ष ४३ को जयशंकर प्रसाद यादव र सो मोटरसाइकल पछाडी सवार २४ वर्षीय मनिष कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय निजगढ,बाराले बारा निजगढ नगरपालिका वडा नं.९ शहिद चोक स्थित बजारमा प्रतिबन्धित लागु औषध लिई घुमिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले टर्मानिल १८ पत्ता १८० ट्याबलेट बरामद गरेको हो ।
बारा निजगढ नगरपालिका वडा नं.८ बुद्ध चोक बस्ने वर्ष २० को विवेक मोक्तान र बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१६ टांगिया बस्ने वर्ष २० को सागर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।