बालिकालाई जबरजस्ती करणी गर्ने जेल चलान

गढिमाइ खबर
54 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बारा जिल्ला अदालतले एक नाबालिकालाई सामूहिक जर्वजस्ती करणी गर्ने एक अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

अदालतले नाबालिकालाई सामुहिक जर्वजस्ती करणी गर्ने बारा प्रसौनी गाउँपालीका वडा नम्बर ६ बस्ने १९ वर्षीय संदिपकुमार यादवलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तमाङ्गले शुक्रबार पत्रकार सम्मेलन मार्फत उक्त घटना बारे जानकारी गराएका हुन।

जबरजस्ती करणी गर्ने घटनामा संलग्न रहेका सात जना मध्ये तीन जना बालकलाई बाल सुधार गृहमा पठाइएको र तीन जनालाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक तामाङ्गले बताए।

गत जेठ १३ गते राती प्रसौनी गाउँपालिका वडा नम्बर स्थित रामआशिष साहको मकै बारीमा आठ वर्षीया बालिकालाई सामूहिक जर्वजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो।

उक्त घटनाको अनुसन्धानको क्रममा उनीहरुको सलग्नता रहेको खुलेको थियो । उनीहरु माथि आवश्यक अनुसन्धान पुरा गरी प्रहरीले मिसिल पेश गरेकोमा असार ५ गते बिहीबार बारा जिल्ला अदालतको आदेशले उनीहरु माथि कारवाही भएको हो ।

साझा गर्नुहोस्