वीरगञ्ज
वीरगन्ज स्कुल अफ ल द्वारा आयोजित “उमेदवार र कानुन ब्यवसायी बिच भएको भेटघाट तथा छलफल कार्यक्रम“ मा डि एल ए पर्साले उम्मेदवार कर्णको पक्षमा निर्वाचन प्रचार प्रसार टोली गठन गरेको छ ।
टोलीमा डि एल ए पर्साका अध्यक्ष अभिवक्ता हरिकृष्ण अधिकारी,डिएलए पर्साका निवर्तमान अध्यक्ष अधिवक्ता राजनाथ ठकुर, उच्च बार बिरगंजका अध्यक्ष अधिवक्ता विशाल चौधरी, पर्सा बारका उपाध्यक्ष अधिवक्ता अजय श्रीवास्तव, सचिव अधिवक्ता राकेश मल्लिक, उच्च बार बिरगंजका पुर्व सचीव अधिवक्ता शैलेन्द्र चौरसिया, उच्च बार बिरगंजका निवर्तमान उपाध्यक्ष अधिवक्ता सेराजुल्ल अंसारी पर्सा बारका निवर्तमान कोषाध्यक्ष अधिवक्ता अमय दास थारु लगायत २५ सस्यि टोली गठन गरिएको छ ।
टोलीले पर्सा क्षेत्र नम्बर १ को वीरगञ्ज् महानगरको १९ वटै वडामा पुगी उम्मेदवार लक्ष्मण लाल कर्णको पक्षमा १० दिने चुनाव प्रचार प्रसार कार्यक्रम गर्ने डि एल ए पर्साका निवर्तमान अध्यक्ष अभिवक्ता राजनाथ ठाकुर ले जानकारी दिए ।