रञ्जन यादब/
बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मोबाईल किन्दा कार उपहार परेको छ । जितपुर स्थित एस.के. मोबाईल हबबाट मोबाईल खरिद गर्दा उपमहानगरपालिका वडा नं.४ औराहा निवासी दिपनारायण चौधरीले मोबाईल खरिद गर्दा लक्की ड्र बाट कार उपहार परेको हो ।
चौधरी नितनपुर स्थित भगवती स्टिल उद्योगको गाडि चालक हुन् । चौधरीले १९ हजार रुपैयाको साम्सुङ कम्पनीको एम १२ मोडेल मोबाईल खरिद गर्दा उनलाई करिब २५ लाख बजार मुल्य पर्ने रिनल्ट कम्पनीको क्विड कार उपहार परहेको एस.के. मोबाईल हबका संचालक राजेश गुप्ताले जानकारी दिनुभयो ।
साम्सुङ कम्पनीको दशै अफर अन्तर्गत चौधरीलाई कार परेको हो ।कानुनि प्रकृया र कागजपत्र व्यस्थापन गरेर केही दिन अघि मात्र साम्सुङ कम्पनीले काठमाण्डौबाट चौधरीलाई कार हस्तान्त्रण गरेको छ ।कम्पनीले कार हस्तान्त्रण गरे पछि आज शनिबार मोबाईल बिक्री गर्ने एस.के मोबाइलले कार विजेता चौधरीलाई फुलमालाले भब्य सम्मान गरेको छ । कार्यक्रम स्थलमै खुसीयाली मनाउँदै केक काटिएको थियो ।
एस.के. मोबाईल हबका सञ्चालक गुप्ताले ग्राहक भगवानको रुप हुने भएकाले ग्राहकलाई खुसी पार्न कार्यक्रमको आयोजना गरेको बताउँनुभयो । एस.के मोबाईल हबका संचालक राजेश गुप्ताका बुवा जम्ना प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुलिन गुप्ता र जीपतुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने प्रमुख अथिति रहनु भएको थियो ।
सम्मान र बधाई कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नुरुल्लाह असांरी, मोबाईल एसोसिएसन बाराका अध्यक्ष मोहन कार्की, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरि, उद्योग वाणिज्यका महासचिव प्रकाश गिरि, सदस्य राकेश साह, राजुराज गिरि, समाजसेवी राजु गिरि, कृष्णा गुप्ता लयागतको उपस्थिति रहेको थियो ।