संयुक्त एम्बुलेन्स चालक संघले गर्‍यो रक्तदान,पैतीस जनाले गरे रक्तदान

गढिमाइ खबर
457 पाठक संख्या

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका जिल्ला कार्य समितिको आयोजनामा बाराको कलैयामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको चरम अभाव भएकोले संघले गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ अस्पताल रोडमा रहेको राजलक्ष्मी रिलिफ हस्पिटलको प्राङ्गणमा सो रक्तदान कार्यक्रममा तीन महिला र ३२ पुरुष गरी ३५ जनाले रक्तदान गरेका रक्त सञ्चार शाखाका प्रमुख राजाबाबु गुप्ताले बताएका छन् ।

कार्यक्रममा लालमती देवी राम,सिमा कुमारी चौधरी,माही शाह,रामरुप यादव,सागर सुक्ला,रमेश दास,दिपक चौधरी,हिरालाल महतो,संजय प्रसाद जैसवाल,राज कुनल कुशवाहा,बिपिन कुमार ठाकुर,सुनिल राम,बिजय गुप्ता र अजय शाह लगायतले रक्तदान गरेको
वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिनले साझेदारी दैनिकलाई जानकारी दिए ।

रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाराका युवा नेता एवम् क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले गरेका थिए ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका अध्यक्ष दिपेन्द्र महतो कोइरीको अध्यक्षतामा सो रक्तदान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा राज लक्ष्मी रिलिफ हस्पिटलका संचालक बिजय गुप्ता,संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिन,उपाध्यक्ष रन्जित यादव,सचिव धिरज चौधरी,कोषाध्यक्ष जियाउलहक राय,सह सचिव जयराम प्रसाद कुशवाहा,सह–कोषाध्यक्ष गरिमा प्रसाद कुशवाहा,सदस्य फजिल देवान,राजु यादव,रमेश दास,गौरी शंकर प्रसाद यादव र संस्थाका पदाधिकारी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्