बारा क्षेत्र नं. २ मा पुर्वमन्त्री यादव सहित गठबन्धनका उम्मेदवारले दिए उम्मेदवारी

गढीमाईखवर डट कम
90 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि आईतवार बारा क्षेत्र नम्बर ३ मा पनि मनोनय दर्ता भएको छ ।

विभिन्न दलिय गठबन्धन सहित साना दलहरु र स्वतन्त्र उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

बारा २ मा प्रतिनिधिसभा तर्फ पुर्वमन्त्री तथा जनता समाजवादी पार्टी(जसप) नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनले नेकपा एमाले तथा जसपा गठबन्धनबाट एकल उम्मेदवारी दर्ता गराएका हुन । पूर्व वनमन्त्री रहेका यादव २०७४ सालको निर्वाचनमा पनि बारा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

यस्तै सोही एमाले तथा जसपा गठबन्धनबाट क्षेत्र नं. २(क) मा एमाले केन्द्रीय सदस्य बलबिर चौधरी र २(ख) मा जसपाका बच्चा यादव अहिरले उम्मेदवारी दिएका छन् । चौधरी पुर्व सांसद हुन भने यादव निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

यता बारा निर्वाचन क्षेत्र २ मा नै सता गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा(जमिन)ले उम्मेदवारी दर्ता गराएका हुन् । कुशवाहा संविधान सभा सदस्य रहेका थिए ।

यसैगरी प्रदेशसभातर्फ २(क) मा लोसपाका मोतिलाल कुशवाहा र ३(ख) मा नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन । यादव संविधानसभा सदस्य समेत रहेका हुन ।

यता जसपाबाट राजीनामा दिएका नेता रामकिशोर यादवले भने स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन । यी संगै बारा २ मा साना दलहरु र स्वतन्त्र उम्मेदवारहरु गरि २२ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साझा गर्नुहोस्