पेट्रोल २ रुपैयाँ घट्यो, काठमाडौंमा नयाँ मूल्य २१७ काय

गढिमाइ खबर
39 पाठक संख्या

कलैया, १८ वैशाख,
पेट्रोलियम पदार्थको मूल्यमा केही राहत आएको छ। नेपाल आयल निगम ले आज मध्यराति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ रहेको थियो।
त्यसैगरी, डिजेल र मट्टितेलमा उल्लेखनीय रूपमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ, जसले उपभोक्तालाई थप राहत दिएको छ।
यता, हवाइ इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य २१६ रुपैयाँ कायम भएको छ, जुन यसअघि २१८ रुपैयाँ थियो।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनका आधारमा नियमित रूपमा मूल्य समिक्षा गर्दै आएको जनाएको छ।

साझा गर्नुहोस्