बाराका प्रजिअ अधिकारीको नेतृत्वमा निर्माणाधीन दुधौरा पुलको निरीक्षण

गढिमाइ खबर
228 पाठक संख्या

कलैया । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बारामा पर्ने निर्माणधीन दुधौरा पुलको जिल्ला सुरक्षा समितिले सोमबार स्थलगत निरीक्षण गरेको छ।

समितिका संयोजक एवम् बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वमा रहेको उक्त निरिक्षण गरिएको हो ।

टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोककुमार क्षेत्री,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक लगायतका रहेका थिए।

टोलीले दुधौरा खोलाको निर्माणाधिन पूलको डाइभर्सनमा नदीको बहाव,बेलिब्रिजको अवस्था र निर्माणाधिन पूलको निर्माण अवस्थाको बारेमा स्थलगत रूपमा अनुगमन निरीक्षण गरेको हो।

नदीको वहाव बढेर हुन सक्ने विपद्जन्य परिस्थितिलाई तत्काल व्यवस्थापन गर्न टोलीले निर्देशन दिएको छ।

सोही क्रममा सुरक्षा निकाय एवं निर्माण व्यवसायीका प्रतिनिधि संग सो टोलीले छलफल गरेको छ।

पूलको दुवै छेउमा सुरक्षाकर्मी राख्ने टोलीले सुझाव दिएको छ। एक पटकमा एउटामात्र गाडी बेलीब्रिज वाट चलाउने निर्देशन दिइएको हो। एउटा स्काभेटर स्टाण्डवाई राख्ने विषयमा सम्बन्धितलाई ठेकेदार कम्पनीलाई निर्देशन दिएको प्रजिअ अधिकारीले बताएका छन ।

साझा गर्नुहोस्