राजमार्गमा कर-राजस्व संकलन नगर्न प्रशासनले गर्‍यो स्थानीय तहलाई आग्रह

गढिमाइ खबर
133 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : जिल्ला प्रशासन कार्यालय बाराले राजमार्गमा ढाँट राखि कर तथा राजस्व संकलन नगर्न स्थानीय तहसंग आग्रह गरेको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जिल्लाको १६ वटै स्थानीय तहलाई मंगलबार एक पत्र मार्फत राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग वा हुलाकी राजमार्गहरुमा स्थानीय तहहरुले कवाडी कर, प्रदुषण कर वा अन्य कुनै करका नाममा कुनै पनि सवारी साधनबाट कर/राजस्व नउठाउन पत्रमा भनेको छ।

कर उठाउन नदिने बारेमा यस कार्यालयबाट जानकारी गराईएकै छ सो पत्रमा लेखिएको छ। स्थानीय तहले आफूले लगाउन पाउने करहरु उठाउँदा नेपालको संविधानको धारा १७ र २३६ को व्यवस्थालाई विचार पु-याउन आग्रह गरेको छ।

संविधानको धारा २२८ को (२) बमोजिम आफ्नो अधिकार क्षेत्र (अनुसूची ८) भित्रको विषयमा कानून बमोजिम कर उठाउने व्यवस्था हुन एवं कर संकलन गर्न ठेक्का लगाएका ठेकेदारहरुलाई राखिएको शर्तहरु नेपालको संविधान र प्रचलित कानूनसँग नबाझिने गरी गर्ने व्यवस्था मिलाउन पत्रमा अनुरोध गरिएको छ।

यसर्थ आ.व. २०८२/०८३ को लागि ठेक्का संझौता गर्दा ठेकेदार पक्षलाई प्रचलित कानूनको प्रावधानका सन्दर्भमा शर्तमा नै स्पष्ट रुपमा उल्लेख गर्ने व्यवस्था गर्न भनिएको छ। उल्लेखित राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा ढाँट, टेबल, घुम्ती राखी वा अन्य कुनै तरिकाले कर/जस्व उठाउने कार्य कानून विपरित भएको सो पत्रमा लेखिएको छ।

यस्तो किसिमको व्योहोरा ठेक्का संझौताको शर्तमै स्पष्ट उल्लेख गरी सो व्यवस्थाको कार्यन्वयन गर्न समेत कार्यालयले अनुरोध गरेको छ।

साझा गर्नुहोस्