गढीमाई संवाददाता/
६८ औँ प्रहरी दिवस २०८० का अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले मंगलवार विभिन्न कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले अमर प्रहरीहरूलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रमको आयोजना गरी प्राङ्गणमा एक समारोहकाबिच ६८ औँ प्रहरी दिवस २०८० मनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिवंगत भएका प्रहरीका परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गर्दै दिवंगत एवं शहिद भएकाहरुको प्रतिमामा माल्यार्पण गरेका थिए ।
सोही अवसरमा उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घन श्याम श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय बाराका शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक जटाशंकर यादव,प्रहरी वरिष्ठ नायब निरीक्षक जटाशंकर सिंह,प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष कुमार गोले,प्रहरी सहायक निरीक्षक महमद राहत हुसेन गदि,प्रहरी वरिष्ठ हवल्दार अजय कुमार कुर्मी,रबिन्द्र प्रसाद यादव,प्रहरी हवल्दार सन्तोष कुमार यादव,प्रहरी सहायक हवल्दार सोनालाल पटेल र प्रहरी जवान सलेन्द्र प्रसाद यादवलाई पुरस्कृत समेत गरेका थिए ।
यसैगरी समुदाय प्रहरी साझेदारीमा कार्यक्रम अन्तर्गत निबन्ध तथा चित्रकला प्रतियोगितामा श्री दुर्गा नमुना माध्यमिक विधालय कलैयाका निबन्ध उत्कृष्ट मनिका कुमारी,श्री दुर्गा नमुना माध्यमिक विधालय कलैयाका निबन्ध प्रथम अमर ठाकुर,श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कलैयाका निबन्ध दितिय आदित्य कुमार यादव,सोही विधालयका निबन्ध तृतीय आरती साह र श्री दुर्गा नमुना माध्यमिक विधालय कलैयाका चित्रकला प्रथम पुजा ठाकुर,श्री जनता माध्यमिक विधालय प्रसौनाका चित्रकला दितिय बिराज चौधरी र तृतीय सुष्मा चौधरीलाई पुरस्कृत गर्दै कदर तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी सापकोटाले प्रहरीको कार्यक्रमलाई सहयोग गर्ने रमेश टेण्ट हाउस कलैयाका रमेश र डिजे साउण्ड सर्भिसका विकाश ठाकुरलाई पनि कदर तथा प्रशंसा पत्रहरू प्रदान गरेका थिए ।
सो कार्यक्रममा बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए ।
हरेक मानिसको जिवनमा शान्ति सुरक्षाका लागि प्रहरी अति आवश्यक रहेको र जनताको जीवन स्तरका लागि जिवधनको सुरक्षाका लागि,अपराध नियन्त्रणका लागि,लागू औषधको कुलतबाट बचाउनका लागि जनताको हरेक क्रियाकलापमा प्रहरी साथ दिदै आएको र सहिद परिवारहरुलाई नेपाल सरकारले सदैव स्मरण गरि रहेन छ र राज्यले भ्याएसम्म उच्च सम्मान गर्ने र सम्झिने वातावरण बनाउनका लागि सम्बन्धित ठाउमा पहल गर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।
कानुन भन्दा कोहि छैन माथि सुखदुःखमा प्रहरी नै साथी मुल नाराका साथ सबै नागरिकहरुलाई कुनै पनि दबाब र प्रभावमा नपरी जिल्ला प्रहरी कार्यालय बारा र यस अन्तर्गत रहेका मातहतका सम्पुर्ण प्रहरी कर्मचारीहरुले नि शुल्क रुपमा प्रहरी सेवा प्रदान गर्ने छौँ र जनतामा समर्पित रहने बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले ले प्रतिबद्धता गरेका छन् ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद आचार्य,सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,श्री ज्वाला दल गण ब्रम्हपुरी ब्यारेकका प्रमुख सेनानी कुमार खड्का,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट बिकास साह,स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश प्रसाद यादव,गोपाल सेवा समिति बाराका अध्यक्ष एवम् समाजसेवी जंग बहादुर यादव,सामुदायिक प्रहरी सेवा केन्द्र बाराका अध्यक्ष महमद सगिर,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास,महिला एकीकृत संजाल बाराका अध्यक्ष बबिता जैसवाल,पुर्व प्रहरी नायव निरीक्षक नागेन्द्र प्रसाद यादव,दिवंगत भएका प्रहरीका परिवारहरु,विद्यार्थी,सन्चारकर्मी र प्रहरीहरु लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक इन्स्पेक्टर जटा शंकर यादवले गरेका थिए।