राप्रपाका केन्द्रिय सदस्य पासवान सहित सयौ नेता लोसपामा प्रबेश,पासवान कर्णको लागि घरदैलो गर्दै

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 405
पढ्न लाग्ने समय : 1 मि.

वीरगञ्ज
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य गया पासवान पार्टी पयिरत्याग गरि लोकतान्त्रिक समाजबादी पार्टीमा प्रबेश गरेका छन ।वीरगञ्जमा शुक्रबार आयोजित पार्टी प्रबेश कार्यक्रममा उनी राप्रपा परित्याग गरि लोसपामा प्रबेश गरेका हुन ।

पासवानलाई लोसपाका नेता एवम् बाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार लक्ष्मण लाल कर्णले टिका माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

लामो समयसम्म राप्रपामा सक्रिय राजनिती गर्दै आएका पासवान लोसपामा प्रबेश गरेसँगै कर्णको लागि मत माग्न घरदैलोमा ब्यस्त भएका छन ।उनी अब कर्णसँगै घरदैलोमा सहयोग गर्नेछ ।

पासवानसँगै सयौको सँख्यामा राप्रपाका नेताहरु लोसपामा प्रबेश गरेका थिए ।यस्तै जसपा छाडेर पनि लोसपामा नेता कार्यकर्ताहरु प्रबेश गरेका थिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले राप्रपा छाडेर आएका नेताहरुलाई पार्टीमा योग्यता अनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाएका थिए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।