लागू औषध ब्राउन सुगर सहित सरोज पक्राउ

गढिमाइ खबर
254 पाठक संख्या

कलैया : बारा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक यूवकलाई पक्राउ गरेको छ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ रेलवे लाईन टोलका सरोजकुमार कुर्मीको घरमा ब्राउन सुगरको कारोबार भईरहेको छ भनी बिशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट अनुसन्धान अधिकृत सहितको खटिएको प्रहरी टोलिले सरोज कुमार कुर्मीको घर कानून खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थाम उक्त लागु औषध ब्राउन सुगर सहित उनलाइ बिहीबार पक्राउ गरिएको हो।

लागू औषध ब्राउन सुगर जस्तो खैरो पदार्थ २.०४ ग्राम र तौल गर्ने सानो डिजिटल तराजु समेत फेला परेको हुँदा उक्त ब्राउन सुगर जस्तो खैरो पदार्थ र डिजिटल तराजु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

पक्राउ परेका सरोजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याईएको छ। यस सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता पण्डितले बताए।

साझा गर्नुहोस्