बारामा बन फडानी गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष विरुद्ध मुद्दा चलाईएको छ ।
राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोल्हवी नगरपालिका वडा नम्बर ५ का नन्दकिशोर चौधरीलाई हिरासतमै राखेर अनुसन्धानको लागि ३ दिन म्याद थप गरिएको छ । वडा नम्बर ५ स्थित राष्ट्रिय वन क्षेत्रको साढे ५ हेक्टर जमिनमा लगाईएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप छ ।
डिभिजन वन अधिकृत विनोद सिंहले वडाध्यक्षको नेतृत्वमा फागुन २३ गते राती होली मनाउने बहानामा वन फडानी गरेको आरोप छ । पक्राउ परेका वडा अध्यक्ष चौधरी नेकपा एमाले पार्टीबाट निर्वार्चित भएका थिए।
जिल्ला बन अधिकृत सहितको वनगस्ती टोलीले दुई दिन अघि वडाअध्यक्ष चौधरीलाई पक्राउ गरेको थियो ।