सहकारीले सहकार्यताको माध्यमबाट देश बिकाश गर्न सिकाईरहेको ः शहरी बिकास मन्त्री चौधरी

गढीमाईखवर डट कम
98 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादब/बारा

संघिय सरकारका सहरी बिकास मन्त्री मेटमणी चौधरीले सहकारीले सहकार्यताको माध्यमबाट देश बिकाश गर्नुपर्नेमा जोड दिनुभएको छ । बाराको सिमरामा साना किसान कृषि सहकारी संस्था लि.सिमराको आँठौँ बार्षिक सधारण सभाको उद्घाटन गर्नु हुँदै मन्त्री चौधरीले सहकारीले सबै क्षेत्रका ब्यक्तिहरुलाई सहकार्यता गरेर आर्थिक बिकास गर्न सिकाईरहेको बताउँनुभएको छ ।

उहाँले संघ ,प्रदेश र स्थानीय तह मिलेर देशमा आर्थिक तथा समाजिक बिकास गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । पुर्ब सहरी बिकास मन्त्री किसान श्रेष्ठले आसन्न निर्वाचनमा आफनो स्थायी बसोबास रहेको तनहुँ जिल्ला छोडेर बारा जिल्लाको क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यकोलागि लड्न गईरहेको जानकारी दिनुभयो ।

तनहुँ जिल्लाको आफनो क्षेत्रबाट नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनबाट लड्ने ईच्छा जाहेर गरेपछि आफुले त्यो क्षेत्र छोडेर बारा रोजेको बताउँनुभयो ।त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले शेयर सदस्यहरु सफल नभएसम्म सहकारी सफल नहुने बताउँनुभएको छ ।

उनले सहकारी सफल हुने तर संस्थाका शेयर सदस्यहरुको अवस्था जस्ताको त्यस्तै रहेपछि त्यसलाई सफल मान्न नसकिने बताउँनुभयो । जीतपुरसिमरा उपमहानगरपािलकाले नाफा मुखी संस्थाहरुलाई अनुदान नदिने उद्घोष गर्नुभएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका घोषणा भएपनि उपमहानगरपािलकाको अधिकाँस क्षेत्र ग्रामिण रहेको बताउँनुभयो । ग्रामिण क्षेत्रहरुलाई सहरीतर्फ रुपान्तरण गर्नमा सहयोग गर्न नगर प्रमुख पौडेलले सहरी मन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।

साना किसान कृषि सहकारी संस्थाले १ हजार ६ सय ७५ जना शेयर सदस्यहरुबीच संस्थाले करिब १७ करोडको कारोबार गरेको छ । आर्थिक बर्ष २०७८।०७९ मा संस्थाले करिब १५ करोडको ऋण लगानी गरी करिब ६४ लाख रुपैया नाफा आर्जन गरेको छ ।

संस्थाले शेयर सदस्यहरुलाई १३ प्रतिशत लाभाँस बितरण गर्ने साना किसान कृषि सहकारी संस्था लि.सिमराका अध्यक्ष कमला अधिकारीले जानकारी दिनुभयो ।सहकारीले पत्रकारीता क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार उपेन्द्र ठाकुरलाई सम्मान गरेको थियो । पुर्ब शहरी बिकास मन्त्री किसान श्रेष्ठले पत्रकार ठाकुरलाई प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती ,जीतपुरसिमरा उपमहानगरपलिकाको नगर उप प्रमुख भोला अधिकारी ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिल ,गढीमाई साझेदारी बन पथलैयाका अध्यक्ष गणेशजी प्रसाद साह लगायतको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्