कलैया बाट वीरगञ्ज जादै गरेको कार बाट भेटियो १० हजार थान नक्कली मतपत्र,दुई जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 512
पढ्न लाग्ने समय : 1 मि.

कलैया । कलैया बाट वीरगञ्ज जादै गरेको कार बाट नक्कली मतपत्र भेटिएको छ ।

कलैयाबाट वीरगञ्ज तर्फ जादै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । प्रहरी ले उक्त कार लाई शंका लागेर वीरगञ्ज स्थित बसपार्क मा चेक जाँच गरेको थियो ।

उक्त कार बाट दुई लाख ७२ हजार नगद र साइकल छापको करिब १० हजार प्रति नक्कली मतपत्र र स्वस्तिक छाप भेटिएको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् । नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।