बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

गढिमाइ खबर
130 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज : पर्सा प्रहरीले ३० लाख रुपैयाँ जरिवाना र १० दिन कैद सजाय पाएका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने अम्बे ईन्टरप्राईजेज प्रा.लि.का सञ्चालक ३४ वर्षीय सुनिलकुमार साह तेली रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा जिल्ला अदालतले देवेन्द्र कुमार कर्णको जाहेरीले उनीमाथि मुद्दा चलाएको हो। वादी नेपाल सरकार प्रतिवादी तेली लुकी छिपि बस्दै आएकोमा उनलाई पक्राउ गरिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको फैसला कार्यन्वयन टोलीले उनलाई उनकै घरबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा प्रहरीले दाखिला गरेको छ।

साझा गर्नुहोस्