लागू औषध गाँजासहित दुई जना पक्राउ

गढिमाइ खबर
265 पाठक संख्या

कलैया,१८ कार्तिक । बारा प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने अन्दाजी २५ वर्षीय दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही ठाउँमा बस्ने ३५ वर्षीय सरोज प्रसाद यादव प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ३४ किलो ५ पोका लागु औषध गाँजा प्रहरीले बरामद गरेको हो ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर टोलमा बस्ने हिरा महतोको गाई गोठ भित्र उनिहरूले लुकाई छिपाई प्याकिङ गर्दै गरेको लागू औषध गाँजा बरामद गरेको छ ।

उक्त लागू औषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

साझा गर्नुहोस्