इनिशा विक हत्या प्रकरणः न्यायको माग गर्दै कलैयामा दीप प्रज्वलन, दोषीलाई कडा कारबाहीको माग

गढिमाइ खबर
81 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;

श्यामबाबु यादव
बारा,१ चैत्र/

सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा बिकको हत्या प्रकरणले देशभर आक्रोश बढिरहेका बेला बाराको कलैयामा पनि न्यायको माग गर्दै युवाहरूले दीप प्रज्वलन गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै आइतबार बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा स्वतन्त्र युवाहरूले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन्।

दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले “देशका छोरीहरू एक हौं”, “बलात्कारीविरुद्ध अभियान चलाऔँ”, “इनिशालाई न्याय दे” र “हत्यारालाई फाँसी दे” लगायतका नाराबाजी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

गत फागुन २३ गते वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा मृत अवस्थामा फेला परेकी थिइन्। वीरेन्द्रनगर–६ स्थित एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी प्रयोगात्मक कक्षाका लागि घरबाट निस्किएकी थिइन्। तर पछि जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी थिइन्।

उनीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिए पनि सोही दिन चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामध्ये एक १६ वर्षीय बालकले प्रहरीसमक्ष इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राव भएको र उनी बेहोस भएको बयान दिएको बताइएको छ। घटनामा संलग्नताको आशंकामा थप तीन जना बालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

कलैयामा आयोजित दीप प्रज्वलन कार्यक्रममा सुजित पाण्डे, सागर पटेल, सौरभ पाण्डे, मन्दिप दुबे, सुरज खनाल, सुरज साह, अजय यादव, दिपक यादव, मन्दिप यादव र दिपेन्द्र साह लगायत महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यसैबीच बाराकै सिमरामा पनि स्थानीय युवाहरूले प्रदर्शन गर्दै “जस्टिस फर इनिशा विक” अभियानअन्तर्गत सडकमा उत्रेर दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

साझा गर्नुहोस्