पर्सा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
प्रहरीले ठोरी गाउँपालिका वडा नं.५ स्थित रामनगर तथा बुद्धनगरमा लागु औषध गाँजा खेती नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरको गाँजा खेती नष्ट गरेको हो ।
उक्त स्थानबाट १५ सय गाँजाको बोट फडानी तथा नष्ट गरिएको पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।









