करोडौंको सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

बारा प्रहरीले करोडौंको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी
प्रहरी निरीक्षक बिरेन्द्रराज गुरूङले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकबाट ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ट्रकहरूलाई रोकी जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी दुई करोड ८३लाख ८९ हजार नौ सय ८९ रूपैयाँ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको विज्ञप्तिमा जनाइएको छ । प्रहरीले ना ७ ख १६५२ ट्रकमा लोड एवम् दुई करोड ५० लाख ६३ हजार एक सय २२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।

यस्तै प्रहरीले ना ८ ख ४१६५ ट्रकमा लोड ३३ लाख २६ हजार आठ सय ६७ रुपैयाँ मूल्य बराबरको कस्टमेटिक सामान नियन्त्रणमा लिएको हो । यसैगरी ७७ लाख छ हजार बराबरको सामान सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

विषेश सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४४ नं. को ट्रकलाई रोकी जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको सामान नियन्त्रणमा लिएको छ ।

प्रहरीले ७७ लाख छ हजार दुई सय ६४ रूपैयाँ बराबरको खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

सो सामान सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा प्रहरीले पठाएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *