सिकेन्द्र पासवान
प्रदेश २ नेपाली काँग्रेसको प्रथम एतिहासिक महाअधिवेशनमा ८ सय ९५ मत प्राप्त गरि चन्द्रशेखर यादव उपसभापतिमा आफनो प्रतिद्धन्द्धी संग १ सय ५५ मत अन्तरले बिजयी प्राप्त गरि काँग्रेस पार्टीमा यूवा नेताको रुपमा आफनो पहिचान बनाउन सफल भएका हुन ।
जीतसंगै उनी प्रदेश २ को ८ वटै जिल्लामा नेपाली काँग्रेस पार्टीका संगठनलाई उर्जाशिल बनाउदै सबै भातृ संगठनहरुलाई सक्रिय पार्दै सबैको भवनालाई समेटिदै पार्टीलाई अगाडी बढाउन दिशामा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता समेत ब्यतm गरेका हुन ।
को हुन प्रदेश २ नेपाली काँग्रेसको प्रथम महाअधिवेशनमा निर्वाचित उपसभापति यादव
सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मौयाहीमा बिक्रम संम्वत २०३४ सालमा बुबा सुर्यराय यादव र आमा ईश्वरी देवी अहिरिनको कोखबाट जन्मेका नेपाली काँग्रेस प्रदेश २ का नवनिर्वाचित उपसभापति चन्द्रशेखर यादव १२ बर्षको उमेरमा कंकाली माबिमा पढदै गर्दा काँग्रेसका नेता स्व भागवत यादव, बामपन्थी नेता स्व हरिहर यादवबाट प्रेरित भई २०४६ सालको जनआन्दोलनमा भाग लिई मुलुकमा प्रजान्त आउनु पर्दछ भने मनमा पबित्र उदेश्य बोकी आन्दोलनमा होमिनु भयो ।
प्रजातन्त्रको पुनरस्थापना पछि २०४८ सालको आम निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ बाट साँसदका उम्मेदवार रहेका तत्तकालिन नेता जर्नाधन फौजदार र २०५१ सालको मध्यवादी निर्वाचनमा सोही क्षेत्रबाट साँसदका उम्मेदवार भएका डाक्टर शोभाकर पराजुलीलाई जिताउनका लागि सक्रिय रुपमा प्रचारप्रसार गर्दै सोही सालको बैखाश २१ गते पार्टीका तत्कालिन क्षेत्रिय सभापति शिवचन्द्र ठाकुरसंग नेपाली काँग्रेसको सधारण सदस्यता लिई राजनितक यात्रालाई अगाडी बढाउदै संर्घषको यात्रा जारी राखेका यादव २०५४ सालमा नेपाल तरुण दलदलका तत्कालिन जिल्ला अध्यक्ष राजेन्द्र जयसवालबाट सधारण सदस्यता लिई काम गर्दै २०५६ साल माघ महिनाको ११ गते तरुणदलको जिल्ला सदस्य भई कामकाज अगाडी बढाउदै आएको थियो यादव ।
२०५७ सालमा राधेचन्द्र यादव पार्टी सभापति हुदा जिल्ला कार्य समितिमा काम गर्दै काँग्रेस बिभाजन पछि पनि प्रजातन्त्रिक काँग्रेसको जिल्ला सदस्य हुदा राजाको बिरोधमा आन्दोलन गर्दा प्रहरीको पिटाईबाट घाईते हुनुको साथसाथै २ दिन हिरासतमा बस्नु परेका यादवले संर्घषको यात्राबाट अलिकति पनि बिचलित नभई २०६७ सालमा पुनह राधेचन्द्र यादव पार्टी सभापतिमा निर्वाचित हुदा जिल्ला कार्य समितिमा बस्न शौभाग्य पाएका चन्द्रशेखर यादव २०७२ सालमा नेपाली काँग्रेस पार्टीको जिल्ला कोषाअध्यक्षमा निर्वाचित भए ।
२०७५ साल माघ ४ गते पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी समाली पार्टीको काम निष्टापुर्वक गर्दै देशभरीको कोषाअध्यक्षहरुको राष्ट्रिय कार्य समितिको सदस्यमा निर्वाचित भई निरन्तर पार्टीमा सक्रिय राजनितिक गर्दै देश कोरोनाबाट आक्रान्त हुदै गर्दा नेपाली काँग्र्रेस पार्टीको तर्फबाट कोराना नियन्त्रणका लागि बारा जिल्लामा गठित समितिको २०७७ साल असोज ३ गते जिल्ला संयोजक भई काम गरेका यादव पार्टीको १४ औ महाअधिवेशनबाट बारा निर्वाचन क्षेत्र नम्बर १ बाट महासमिति सदस्यमा निर्वाचित भई हाल प्रदेश २ समतिको उच्च पद उपसभापतिमा निर्वाचित भएका हुन ।
को हुन सुर्यराय यादव
नेपाली काँग्रेसको प्रथम महाअधिवेशन भारत बिहारको बैरगिनियामा हुदा अधिवेशनको सबै खर्च आफनो निजी लगानी गरी सम्पन्न गर्ने योद्धा हुन सुर्यराय यादव । जसले बाचुनजेल्ल सम्म काँग्रेसका लागि सक्रिय भुमिकामा रही काम गर्दै आएका थिए ।