कलैया । कलैया उपमहानगरपालिका मेयर बिनोद साह निर्वाचित भए पछी सदरमुकाम को ट्राफिक ब्यवस्थापन मा सक्रिय भएर नगर प्रहरी परिचालन गरे । हाल नगर प्रहरीले कलैयामा नो पार्किङमा सवारी साधन पार्किङ गर्ने बितिकै उठाएर उपमहानगरमा लग्ने गर्छ ।
आमनागरिकले ‘नो पार्किङ’ संकेत गरिएको ठाउँमा सवारीसाधन पार्क गरेमा नगर प्रहरीले कानुनबमोजिम कारबाही गर्छ । तर रक्षक नै भक्षक भए पछी नियम पालना कसरी हुने भन्ने प्रश्न उठेको छ ।
त्यस्तै दृश्य देखियो कलैयामा । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह आफै ट्राफिक उलंघन गरेर नो पार्किङमा सावारी पार्क गरेका थिए । नो पार्किङमा आम नागरिकले पार्क गर्यो कि नगरपालिका लग्ने नगर प्रहरी मेयर को स्कुटी त्यहा बाट हटाउन सकेन । नगर प्रहरी मुकदर्शक बन्यो र मौन रही कानुन उल्लंघनकर्तालाई केही भन्न सकेन ।
कलैया उपमहानगरपालिकाका नगर प्रहरीले दैनिक जसो एक दर्जनभन्दा बढी गाडी नो पार्किङमा राखेको भनी उठाएर लग्ने गर्छ । जरिवाना तिराएर मात्रै गाडी धनीलाई फिर्ता गर्ने गर्छ । तर बिहिवार कानुन कार्यान्वयन गराउने निकायका अधिकारीले नै नियम तोडेपछि कोही बोल्न सकेको छैन । आम नागरिकले मेयरले उलंघन गरेको भन्दै जरिवाना तिर्नु पर्ने आवाज सामाजिक संजालमा उठाएका छन् ।