नियम होइन, नोटको शासन! बारामा ट्राफिक प्रहरीकै संरक्षणमा अवैध असुली सञ्जाल

श्यामबाबु यादव बारा १८ माघ/ बारा जिल्लाको कलैयामा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई लक्षित गर्दै खुलेआम अवैध असुली गर्ने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। कलैया–बरियारपुर सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनियामा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान र सहायक हवल्दारले विभिन्न बहानामा सवारी चालकबाट रकम असुली गर्ने गरेको स्थानीय तथा चालकहरूले बताएका […]

नेपाल मुस्लिम संघद्वारा निर्वाचन प्रचार–प्रसार समिति गठन गर्न निर्देशन

श्यामबाबु यादव ‎ काठमाडौँ, १७ माघ ‎ नेपाल मुस्लिम संघले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै केन्द्रदेखि वडा तहसम्म निर्वाचन प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएको छ। ‎ ‎संघका केन्द्रीय महासचिव प्रवेज आलम अंसारीद्वारा जारी परिपत्रअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतसहित विजयी गराउने उद्देश्यले संघका […]

कलैयामा ट्रेड युनियन कांग्रेस बाराको दोस्रो जिल्ला परिषद सम्पन्न

कलैया, १७ माघ । नेपाल ट्रेड युनियन कांग्रेस बाराको दोस्रो जिल्ला परिषद कलैयामा सम्पन्न भएको छ। बाराको कलैया उपमहानगरपालिका-१ स्थित नेपाली कांग्रेस पार्टी कार्यालय बी.पी. भवनको सभाहलमा शुक्रबार “श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नाराका साथ परिषद सम्पन्न भएको हो। ट्रेड युनियन कांग्रेस बाराका जिल्ला अध्यक्ष विश्वमणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य माधव उपाध्याय रहनु भएको थियो  । कार्यक्रममा कारखाना संघ बारा जिल्ला अध्यक्ष अरुण कुमार यादव, ट्रेड युनियन कांग्रेस बारा उपाध्यक्ष बसन्त अधिकारी, नेपाल शिक्षक संघ बारा जिल्ला अध्यक्ष राजकिशोर सहनी, कारखाना संघका केन्द्रीय पूर्व अध्यक्ष धिरेन्द्र कुमार सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो। साथै नेपाली कांग्रेसको बहुमत सरकार आवश्यक रहेको बताउनु भयो । संविधान लेखनदेखि मजदुरमैत्री नीति, श्रम ऐन तथा बोनस ऐन नेपाली कांग्रेसकै नेतृत्वमा आएको भन्दै उहाँले चारै निर्वाचन क्षेत्रमा मजदुर वर्गको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष विश्वमणी […]

प्रशासन कार्यालयका कर्मचारीसँगै बसेका बैंक कर्मचारी पार्टी प्यालेसमा मृत फेला

श्यामबाबु यादव बारा, १६ माघ बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर–५ स्थित लालबाबु यादवद्वारा सञ्चालनमा रहेको हिमानि पार्टी प्यालेसमा एक युवक मृत अवस्थामा फेला परेका छन्। नवील बैंक बिरगंजमा कार्यरत ३५ वर्षीय शैलेन्द्र ठाकुर पार्टी प्यालेसको कोठा नम्बर–६ को बेडमुनि अचेत अवस्थामा फेला परेका थिए। तत्कालै जानकारी पाएपछि पुगेको प्रहरी टोलीले जाँच गर्दा ठाकुरको मृत्यु […]

अनैतिक सम्बन्धका कारण पति र सासुको हत्या : बुहारी र प्रेमी पक्राउ

कलैया : अनैतिक प्रेम सम्बन्धका कारण आफ्नै पति तथा सासुको हत्या गरेको आरोपमा एक बुहारी र तिनको प्रेमीलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्। बुधबार विहान बाराको परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने ५० […]

बारा जिल्लामा निर्वाचन प्रहरी भर्नामा व्यापक आर्थिक चलखेलको आरोप

लिखित परीक्षा ‘नाटक’ जस्तै, ५–८ हजार असुली गरी छनोट गरिएको स्रोतको दाबी श्यामबाबु यादव कलैया १४ माघ। बारा जिल्लामा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि गरिएको निर्वाचन प्रहरी भर्ना छनोट प्रक्रियामा व्यापक आर्थिक चलखेल भएको गम्भीर आरोप सार्वजनिक भएको छ। निर्वाचन प्रहरी छनोटको लिखित परीक्षामा नपढी, नलेखी उम्मेदवारहरू समेत पास गराइएको र प्रतिउम्मेदवार ५ हजारदेखि […]

परवानीपुरको हत्याकाण्ड योजनाकार श्रीमती र प्रेमी पक्राउ

श्यामबाबु यादव कलैया १३ माघ/ बाराको परवानीपुर–१ की २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी धमेन्द्र महतोलाई बारा प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका–१ रहरियाडमा प्रेम सम्बन्धका कारण एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ भने दुई जना घाइते भएका छन्। मनिता देवी मण्डलले प्रेमी धमेन्द्र मिलि २८ […]

आमा–छोराको हत्या,बुहारी प्रहरी नियन्त्रणमा

श्याम यादव परवानीपुर १४ माघ बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या घटनामा बुहारीलाई प्रहरी नियन्त्रणमा लिएकाे छ। घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको बारा प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका दिनुभयो। प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]

आमा–छोरा हत्या, बुवा र छोरी गम्भीर घाइते

श्याम यादव परवानीपुर,१४ माघ बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको छ। मृत्यु हुनेमा २८ वर्षीय रामेश्वर मण्डल (छोरा) र ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल (आमा) रहेका छन्। बारा प्रहरीका अनुसार अज्ञात व्यक्तिले रातिको समयमा घरमा प्रवेश गरी धारिलो हतियार प्रयोग […]

बारामा सुरक्षा व्यवस्था फितलो, अज्ञात व्यक्तिद्वारा आमाछोराको हत्या

कलैया : श्याम यादव/ बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिको आक्रमणबाट एकै परिवारका आमा र छोराको ज्यान गएको छ। मण्डल थर भएका घरमा भएको उक्त घटनामा ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोरा अज्ञात व्यक्तिको प्रहारबाट घटनास्थलमै मृत भेटिएका हुन्। बाराका प्रहरीका अनुसार सोही परिवारका थप तिन जना सदस्य घाइते भएका छन्। घाइतेहरूको […]