आमा–छोराको हत्या,बुहारी प्रहरी नियन्त्रणमा

गढिमाइ खबर
155 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

श्याम यादव
परवानीपुर १४ माघ

बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या घटनामा बुहारीलाई प्रहरी नियन्त्रणमा लिएकाे छ।

घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको बारा प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका दिनुभयो।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवरका अनुसार आज बिहान करिब ३ बजे अज्ञात व्यक्तिले घरमा पसी धारिलो हतियार प्रयोग गरी ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल (आमा) २८ वर्षीय रामेश्वर मण्डल (छोरा) को हत्या गरेका हुन्।

घटनामा ५२ वर्षीय जगरुप मण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हत्या कसले र किन गरेको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास र शोकको वातावरण सिर्जना भएको छ।

साझा गर्नुहोस्