पर्साका वकिलहरु कर्णलाई बिजयी गराउन क्षेत्रमा

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज
पर्साका वकिलहरु क्षेत्र नं.१ का सत्ता गठबन्धनका सझा उम्मेदवार वरिष्ठ अधिवक्ता लक्ष्मण लाल कर्णको चुनावी प्रचार प्रसारमा लागेका छन्। शनिबार क्षेत्र नं.१ मा पर्ने बिरगंज मनपा वडा नं ३२ मिलन चोक लगायतका गाउँमा पुगी उम्मेदवार कर्णलाई बिजयी गराउन मतदाताहरुसँग छलफल गरेका छन्। वकिलहरुको एक समूह नै मतदाताहरु छलफल गर्दै क्षेत्रमा आउनुलाई अर्थपूर्ण रूपमा लिएको र यसले मतदाता पनि लक्ष्मण लाल कर्णको पक्षमा मतदान गर्न उत्साहित भएको वडा नं.३२कोनिया गाउँका स्थानीय मतदाता समेत रहेका राजेश पटेलको भनाई रहेको छ।

अधिवक्ता समेत रहेका राजेश पटेलले “वकिल सामाजिक इन्जिनियर हो, हरेक वकिलका आ आफ्नो सेवा ग्राही रहेका हुन्छन्। यसरी वकिल नै आफ्ना सेवाग्राहीसँग भेटी उम्मेदवार कर्णलाई भिट दिन आग्रह गर्नुले कर्ण जितको नजिक देखिन्छ।

“उच्च बार बिरगंजका अध्यक्ष अधिवक्ता बिशाल चौधरीले “लक्ष्मण लाल कर्ण लाई जिताउन हामी वकिलहरु क्षेत्र नं.१ का हाम्रा सेवाग्राहीसंग भेटेर मत मागिरहेको बताए।

भोट माग्दै मतदाताको घर घर पुग्ने वकिलहरुको समुहमा अधिवक्ताहरु अमय दास थारु, बिशाल चौधरी, सैलेन्द्र कुमार चौरसिया, अजय कुमार श्रीवास्तव, हरिनारायण कुशवाहा, राकेश मल्लिक, जुली कर्ण लगायतका रहेको अधिवक्ता विशाल चौधरीले बताउनु भयो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *