रौतहटमा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार मिति २०८२ साल फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू घोषणा गरिएको उल्लेख छ। […]
फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि हातपात, बजारस्थित घर घेराउ

फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि आज बिहान स्थानीयहरूले हातपात गरेका छन्। गएराति वडा नम्बर ३ मा आएको जन्तीमा दुई समुदायका युवाबीच कुटाकुट भएको घटनालाई लिएर आक्रोशित स्थानीयहरू बिहानै अध्यक्ष अन्सारीसँग कारबाहीको माग गर्दै पुगेका थिए। स्थानीयका अनुसार जन्तीमा भएको झडपमा संलग्नमाथि कारबाही गर्नुपर्ने माग राख्दा अध्यक्ष अन्सारीले गुनासोलाई जिम्मेवारीपूर्वक नलिएको आरोप लगाउँदै केही […]
बारामा नमुना मतदान कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गतेलाई लक्षित गर्दै बाराको कलैया स्थित सिदेश्वर मावि मतदान केन्द्र (क र ख) मा बिहिवार नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बारा र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। नमुना मतदान कार्यक्रममार्फत मतदान प्रक्रियाको अभ्यास गरिनुका साथै मतदानका क्रममा आउन सक्ने सम्भावित समस्या […]
जनकपुरबाट कांग्रेसको ‘भिजन १०’ सार्वजनिक

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनकपुरमा आयोजित विशाल आमसभाबाट पार्टीको दीर्घकालीन कार्यक्रम ‘भिजन १०’ सार्वजनिक गरेका छन्। “समुन्नत नेपाल, सम्मानित नेपाली” नारासहित प्रस्तुत उक्त योजना देशको समग्र विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यमा केन्द्रित रहेको उनले बताए। थापाले घोषणा गरेको १० बुँदे प्रतिज्ञामा सम्मानित जीवन, भविष्यप्रति विश्वास, श्रम र रोजगारी प्रवर्द्धन, किसानमैत्री तथा उत्पादनमुखी […]
राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेकी हुन्। शर्मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीबाट आकांक्षी थिइन्। रास्वपाले समानुपातिकतर्फ ‘प्राइमरी इलेक्सन’ प्रणालीमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको थियो। उक्त प्राइमरीमा उनले मधेसी […]
हमर वाला सब से झक्कास बा”–आउँदै छ भोजपुरी गीत

भोजपुरी सांगीतिक क्षेत्रमा चाँडै सार्वजनिक हुन लागेको नयाँ गीत “हमर वाला सब से झक्कास बा” एक मनोरञ्जनात्मक तथा आधुनिक शैलीको प्रस्तुति हो। यस गीतमा कलाकार सद्दाम हुसेन र पबित्रा आचार्यको अभिनय रहेको छ भने गायनमा शिल्पी राज र उपेन्द्र पंडितको स्वर सुन्न पाइनेछ। गीतको शब्द रचना केपी संगमले गरेका हुन्। कोरियोग्राफी नवीन नेपालीले सम्हालेका […]
शिक्षा-स्वास्थ्य सुधारका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता : रास्वपा उम्मेदवार ई. अरविन्द साह

कलैया । बाराको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका वडा नम्बर २३ अन्तर्गतका विभिन्न टोलका मतदातासँग भेटघाट गरेका छन् । उनले बतौरा, कोहिरिया टोल र बैराटपुरमा घरदैलो गर्दै मतदातासँग संवाद गरेका हुन् । टोल–टोलमा पुगेर साहले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै दैनिक समस्या, अधुरा विकास योजना […]
रौतहटमा श्रीमतीको विभत्स हत्या: घाँटी काटिएको अवस्थामा शव फेला, श्रीमान फरार

रौतहट, ४ फागुन/ रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा गाउँमा एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। आइतबार बिहान करिब ११ः५० बजे धुपा राय यादवका छोरा ४२ वर्षीय महन्थ राय यादवकी २८ वर्षीया श्रीमती आरती देवी यादव आफ्नै घरको खाटमा उतानो परेको अवस्थामा मृत फेला परेकी हुन्। प्रारम्भिक अनुसन्धानअनुसार आरतीको घाँटी धारिलो हतियारले […]
चुनावको मुखमै मलंगवामा इन्जिनियरको गोली हानी हत्या

मलंगवा–१० मा अज्ञात समूहको गोली प्रहारबाट एक इन्जिनियरको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक प्रमोद कुमार यादव हुन्। उनी पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत कर्मचारी रहेको र उनको स्थायी घर सिरहा जिल्लामा रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार महिला विकास कार्यालय सर्लाही नजिक रहेको आफ्नै डेराबाट बोलाएर नजिकैबाट छातिमा गोली प्रहार गरिएको […]
बारा–१ ः चुनावी तापक्रम उच्च काँग्रेस–एमाले भिडन्तमा रास्वपाको प्रवेश,जसपा नेपाल पनि दाउमा

निजगढ ०३ माघ/ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ यसपटक चर्को राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको परम्परागत शक्ति परीक्षणसँगै नयाँ राजनीतिक शक्ति रास्वपाको बलियो उपस्थितिले चुनावी माहोल थप रोचक बनेको छ । नेपाली कांग्रेसका तर्फबाट दोस्रो विशेष महाधिवेसनले केन्द्रीय सदस्यमा निर्वाचित पुर्वसभासद प्रत्यासी उम्मेदवार […]