बाराको निर्वाचन क्षेत्र ३ मा ६७.६ प्रतिशत मत खस्यो,केही बेरमा मतगणना शुरु हुने

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं. ३ मा कुल ६७.६ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतका सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालका अनुसार उक्त निर्वाचन क्षेत्रमा रहेका कुल १ लाख १३ हजार ५ सय २१ मतदातामध्ये ७६ हजार ७ सय २२ जनाले मतदान गरेका छन्। मतदान गर्नेहरूमा महिला मतदाता ३६ हजार […]
बारामा ५० प्रतिशत मत खस्यो

श्यामबाबु यादव/ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हालसम्म करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतका सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालले जानकारी दिएका छन्। बारा जिल्लामा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता रहेका छन्। जसमध्ये २ लाख ५५ हजार ७ सय ६३ पुरुष मतदाता र […]
बारामा शान्तिपूर्ण मतदान, २५ प्रतिशत मत खस्यो

श्यामबाबु यादव/ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हालसम्म करिब २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतका सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालले जानकारी दिएका छन्। जिल्लाभर रहेका ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए। उनका अनुसार सबै मतदान […]
मतदानका लागि सबै तयारी पूरा, ७ बजेदेखि मतदान सुरु

बारा, २१ फाल्गुन/ देशभर आज हुने निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। मतदान केन्द्रहरूमा मतपेटिका सिल गर्ने, मुचुल्का उठाउने तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको छ। निर्वाचन अधिकृतका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने मतदातालाई शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान गर्न […]
निर्वाचन मौन अवधिमा मर्यादित र सुरक्षित रूपमा होली मनाउन जिल्ला प्रशासन बाराको आग्रह

बारा,कलैया जिल्ला प्रशासन कार्यालय बारा, कलैयाले फागु/होली पर्व २०८२ लाई मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउन जिल्लावासीमा आग्रह गरेको छ। यस वर्ष फागु पूर्णिमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मौन अवधिभित्र परेकाले निर्वाचन सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता पालनामा विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको हो। हायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा […]
निर्वाचन आचारसंहिता बेवास्ता ? : बारामा ११० मध्ये १५ जनाले मात्रै माने नियम

श्यामबाबु यादव बारा १५ फागुन/ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाराका चार वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने ११० उम्मेदवारमध्ये हालसम्म १५ जनाले मात्रै निर्वाचन खर्च प्रयोजनका लागि अनिवार्य बैंक खाता खोलेका छन्। निर्वाचन आचारसंहिता अनुगमन समितिले उक्त जानकारी दिएको हो। कोष तथा लेखा नियन्त्रणको कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरिका अनुसार उम्मेदवारले गर्ने सम्पूर्ण आम्दानी […]
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउन बारामा कडा सुरक्षा: १४५ मतदान स्थल अति संवेदनशील सूचीमा

बारा,कलैया फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय बाराले विशेष सुरक्षा योजना तयार पारेको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाभरका मतदान स्थलहरूको संवेदनशीलता मूल्यांकन गरी आवश्यक तयारी तीव्र पारिएको बारा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्लाका ३०५ मतदान स्थलमध्ये १४५ स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ […]
बारा जिल्लामा मदिरा बिक्री–वितरण बन्द, भारतीय सीमा नाका ३ दिन सिल

जिल्ला प्रशासन कार्यालय बाराले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्था लागू गरेको छ। कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मदिरा निषेधदेखि भारतीय सीमा नाका बन्दसम्मका कडा प्रावधान लागू गरिने भएको हो। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनाअनुसार निर्वाचन अवधिभर शान्ति सुरक्षा सुदृढ […]
निर्वाचनअघि सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय

बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित सुरक्षा निकायका प्रमुखहरू तथा भारतका पूर्वी चम्पारण र पश्चिमी चम्पारणका जिल्ला अधिकारी (DM) र सुरक्षा प्रमुखहरूबीच आसन्न प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै बैठक सम्पन्न भएको छ। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र सीमा सुरक्षालाई कडाइका साथ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ। दुवै पक्षले चाँडै नै सघन […]
बारा-३ : रास्वपाका अरविन्द साहद्वारा वाचा-पत्र सार्वजनिक

कलैया : बारा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साहले आफ्नो चुनावी वाचा–पत्र सार्वजनिक गरेका छन्। साहले स्थानीय आवश्यकता र संघीय नीतिगत सुधारलाई केन्द्रमा राखेका छन्। उनले विकासका प्रमुख प्राथमिकता सार्वजनिक गरेका हुन्। कृषि, रोजगारी, पूर्वाधार, डिजिटल शासन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई मुख्य एजेन्डाका रूपमा उनले वाचापत्रमा समेटेका छन्। […]