समयमै पहिचान र उपचारमा जोड: पथलैयामा कुष्ठरोगबारे अभिमुखिकरण

बारा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई लक्षित गर्दै कुष्ठरोगसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम पथलैयामा सम्पन्न भएको छ। द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार तथा रोकथामका उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रममा प्रशिक्षण दिँदै द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले […]

साहको नाम कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २८ फागुनः/ सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै तत्काल कालोसूचीमा राख्न निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “कर्जा सूचना केन्द्र लिमिटेड […]

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

काठमाडौँ, २८ फागुनः/ निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको […]

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौँ, २८ फागुन/ नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि […]

इनड्राइभद्वारा ‘ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड’ प्रदान, ८० उत्कृष्ट ड्राइभर सम्मानित

साझेदारी संवाददाता काठमाडौँ २८ फागनु/ राइड–हेलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ । काठमाडौँमा आयोजित औपचारिक समारोहमा प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता जनाउँदै उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर–पार्टनरहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न […]

बाराका चारै क्षेत्रमा रास्वपाको क्लिन स्विप :  ४  क्षेत्रमा भारी मतान्तरसहित विजयी

श्यामबाबु यादव ‎बारा, २४ फाल्गुन/ बारा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले शानदार जित हासिल गरेका छन्। सार्वजनिक अन्तिम मतपरिणाम अनुसार बारा–१, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित विजयी भएका हुन्।  निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त […]

बाराको क्षेत्र नम्बर २ मा रास्वपाका चन्दनकुमार सिंह विजयी, भारी मतान्तरले प्रतिस्पर्धी पराजित

बारा, बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार चन्दनकुमार सिंह विजयी हुनुभएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ५९० मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित जीत हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का रामकिशोर प्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ। […]

‎बारा–१ मा रास्वपाका गणेश धिमाल भारी मतान्तरसहित विजयी ‎

बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमाल भारी मतान्तरसहित विजयी भएका छन्। ‎ ‎निर्वाचनको अन्तिम मतपरिणाम अनुसार धिमालले ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पछि पारेका छन्। ‎ ‎नेपाली कांग्रेसका […]

एमालेका किसान श्रेष्ठलाई पछि पार्दै रहवर अंसारीको शानदार जीत

‎सिमरा २३ फाल्गुन / बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहवर अंसारी भारी मतान्तरसहित विजयी भएका छन्। अंसारीले ४१ हजार २०० मत  प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किसान श्रेष्ठलाई ठूलो अन्तरले पराजित गरेका हुन्। एमालेका श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन्। ‎यसैगरी, नेपाली […]

बारा–३ मा रास्वपाका अरविन्द साह भारी मतान्तरसहित विजयी

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह भारी मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। ‎निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी […]