कांग्रेसको समानुपातिक सूची आयोगमा, क्लस्टरअनुसार २० जनाको नाम सिफारिस

श्यामबाबु यादव बारा, १ चैत्र/ नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर सूची निर्वाचन आयोग (नेपाल)मा पेश गरेको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिए। पार्टीले समानुपातिकतर्फ विभिन्न क्लस्टरअनुसार उम्मेदवारको सूची तयार गरेको छ। खस आर्य क्लस्टर […]

सर्वोच्चद्वारा किशोरी साहको रिटमा अन्तरिम आदेश अस्वीकार, निर्वाचन आयोगको निर्णय सदर

श्यामबाबु यादव बारा, १ चैत्र/सर्वोच्च अदालत ले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोग को निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज साहले माग गरेको अन्तरिम आदेश जारी गर्न […]

राजस्व अनुसन्धानका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख घूस प्रकरणमा मुद्दा

श्यामबाबु यादव काठमाडौँ, १ चैत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी विरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार अधिकारीले राजस्व चुहावटसम्बन्धी छानबिनबाट बचाइदिने भन्दै एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यू बाट रु ७० लाख घूस लिएको अनुसन्धानबाट खुलेको छ। उक्त रकम […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौँ, ३० फागुन/रासस नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो । बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय […]

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ, ३० फागुन/रासस यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो । उहाँका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर […]

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

काठमाडौँ, ३० फागुन/रासस गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त […]

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ, ३० फागुन/ रासस काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र […]

मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

वीरगञ्जमा शुक्रबार देखि मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता शुरु भएको छ। मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वीरगञ्जको आदर्शनगर रंगशालामा यो प्रतियोगिता शुरु भएको हो। एक कार्यक्रमविच प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेकाछन्। ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा उद्घाटन भएको हो। कार्यक्रममा […]

डुमरवानालाई फेरि राष्ट्रपति रनिङ शिल्डको उपाधि

रञ्जन यादव/ बाराको जीतपुरसिमरा उपमहानगरपालिका मा आयोजित पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। चार दिनसम्म चलेको प्रतियोगितामा राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक उपाधि जितेको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा को प्राङ्गणमा शुक्रबार समापन गरिएको हो। प्रतियोगितामा उपमहानगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी […]

कृत्रिम मूल्यवृद्धि नगर्न नगरउद्योग वाणिज्य संघको चेतावनी

विश्वमा देखिएको युद्धको अवस्थालाई बहाना बनाएर बजारमा कृत्रिम मूल्यवृद्धि नगर्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यवसायीहरूलाई आग्रह गरेको छ। संघका महासचिव प्रकाश गिरीले बिहीबार एक सूचना जारी गर्दै ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरूको मूल्य मनपरी बढाएर उपभोक्तालाई ठगी नगर्न व्यवसायी तथा पसलधनीलाई सचेत गराएका छन्। संघका अनुसार सरकारले तोकेको दरभन्दा बढी मूल्य लिनु, वस्तु […]