मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

गढिमाइ खबर
52 पाठक संख्या

वीरगञ्जमा शुक्रबार देखि मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता शुरु भएको छ।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वीरगञ्जको आदर्शनगर रंगशालामा यो प्रतियोगिता शुरु भएको हो। एक कार्यक्रमविच प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेकाछन्।
ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा उद्घाटन भएको हो।

कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठक, साथै राजु कार्की, बिक्रम सुवेदी, कमल चौगाई लगायतको उपस्थिति थियो।
स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गते (१३ मार्च २०२६) देखि सुरु भई आदर्शनगर रंगशालामै सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १० वटा टिम सहभागी हुनेछन्। प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ।
प्रतियोगितामा विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने कार्यक्रम संयोजक केशव खेतानले जानकारी दिएका छन्।
पहिलो खेलमा एभरेस्ट ब्लेजिङ हक्स र दि फग फाइटर कैलाशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा दि फग फाइटर कैलाश ३३ रनले विजयी भएको हो।
दोस्रो खेल मकालु महाकाल राइजर र निल गिरि ज्यागुवारबीच सम्पन्न भएको थियो।

साझा गर्नुहोस्